दुर्गा प्रसाईंको समर्थनमा पोखरामा पनि प्रदर्शन
शुक्रबार, ०८ मङ्सिर २०८०, १८ : ३१

पोखरा । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता,धर्म, संस्कृति र नागरिक बचाउ अभियान नेपालका संयोजक दुर्गा प्रसाईंको समर्थनमा पोखरामा पनि प्रदर्शन गरिएको छ ।
शुक्रबार पोखराको पृथ्वीचोकमा युवाहरुले ‘राजा आऊ, देश बचाउ’ नारासहित प्रदर्शन गरेका हुन् । उनीहरुले नाराबाजीसहित र्याली निकालेका थिए । प्रसाईंको माग र आन्दोलन अहिलेको अवस्थामा उपयुक्त भएकोले आफूहरुले साथ दिएको स्वतन्त्र युवा समूह कास्कीका संयोजक राजेश थापाले बताए ।
अहिलेका राजनीतिक दलबाट राजनीतिक बन्दी हुनुपरेको भन्दै मुक्तिका लागि आन्दोलन गरेको थापाले सुनाए । ‘हामीलाई मुक्ति चाहिएको छ । नेताको स्वार्थमा चलेको राजनीतिलाई जनताको स्वार्थमा केन्द्रित गर्न चाहन्छौँ,’ उनले भने, ‘यो हेर्दा सानो हो । तर आन्दोलनको स्वरुप निकै परसम्म धकेलिएको छ ।’ यो अभियान पोखरामा निरन्तर चलिरहने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको बेनी नगरपालिकामा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम
-
आईपीएल : पुछारमै थन्कियो चेन्नई, हैदरावाद उक्लियोआठौं नम्बरमा
-
झापाको मेचीनगर नगरपालिकामा अनुगमन तीब्र, खाद्य उद्योगलाई जरिवाना
-
१२ बजे, १२ समाचार : डाबरद्वारा राज्यको सम्पत्ति दोहनदेखि नागरिक उन्मुक्ति पार्टी र जनमतबीच एकताका लागि बोलाइयो बैठकसम्म
-
गायक नवीन के भट्टराई ब्यान्डसहित लन्डनमा
-
नागरिक उन्मुक्ति पार्टीले बोलायो केन्द्रीय समिति बैठक