मुस्ताङमा ५ दिनदेखि बेपत्ता पर्यटकसहित ४ जनाको उद्धार
शुक्रबार, ०८ मङ्सिर २०८०, १८ : १७

पोखरा । मुस्ताङमा पाँच दिनदेखि बेपत्ता भएका दुई जना पर्यटकको उद्धार गरिएको छ । लोघेकर दामोदर कुण्ड गाउँपालिका–२ घमीस्थित घार गुम्बा क्षेत्रबाट हराएका ४ जनाको मुस्ताङ प्रहरीले उद्धार गरेको हो ।
उनीहरुलाई गाइड पेम्बा शेर्पाले बोकेको मोबाइलको लोकेशनका आधारमा उद्धार गरिएको मुस्ताङका प्रहरी प्रमुख डीएसपी भोजराज पाण्डेले जानकारी दिए ।
इटालियन नागरिक ४५ वर्षकी एरिआना रेजिस र स्वीस नागरिक ५५ वर्षका मार्को गाजोलासहित गाइडहरु पेम्बा र नांखा शेर्पा हराएका थिए । उनीहरु ट्रेकिङ गर्दै त्यहाँ पुगेका हुन् ।
प्रहरीले अल्टिच्युड हेलिकोप्टरबाट सर्च गरेर उनीहरुलाई उद्धार गरेको पाण्डेले बताए ।
गुम्बाभन्दा तल खोँचमा उनीहरु अड्किएका थिए । चार जनालाई हेलिकोप्टर मार्फत पोखरा फर्काइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कति पुग्यो अमेरिकी डलर, युरो, पाउण्ड र युआन, दिराम, दिनार र रियालको मूल्य ?
-
पोखरामा सवा अर्ब लगानीमा बुटिक होटल
-
हरायो चेन्नईको चमक, लगातार चौथो हार
-
पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग निर्माण
-
१२ बजे, १२ समाचार : अछाममा आगलागी हुँदा सात पसल पूर्णरूपमा जलेदेखि ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञले दिए राजीनामासम्म
-
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम