शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

हाम्रो आकाशगङ्गाको केन्द्रमा एक दर्जन ‘ब्लाक होल’ भेट्टियो

बिहीबार, २२ चैत २०७४, ११ : ४४
बिहीबार, २२ चैत २०७४

बीबीसी–हाम्रो आकाशगङ्गा ‘मिल्की–वे’को केन्द्रमा एक दर्जन जति ब्लाक होल हुनसक्ने अनुसन्धानकर्ताहरुले बताएका छन् ।

एक नयाँ विश्लेषणले आकाशगङ्गाको केन्द्रमा रहेको ‘अति भिमकाय ब्लाक होल’लाई साना ब्लाक होलहरुले घेरेको हुन्छ भन्ने दशकौैं पुरानो अनुमानलाई सहि देखाएको छ ।
यसको अध्ययन ‘न्याचर’ जर्नलमा विस्तृतमा छापिएको छ ।

न्यु योर्कस्थीत कोलम्बिया विश्वाविद्यालयका प्रध्यापक चाल्स हेले र उनका सहकर्मीहरुले नासाको चन्द्र एक्स–रे दुरदर्शक यन्त्रबाट प्राप्त सूचनाको प्रयोग गरेर यो निष्कर्ष निकालेका हुन् ।

अध्ययनबाट तिनले एक दर्जन निस्क्रिय र न्युन पिण्डको “बाइनरी प्रणाली’ को ब्लाक होल पत्ता लगाए । यी प्रत्यक ब्याक होल एक न्युन पिण्डको तारासँग मिलेर रहेकाले यसलाई ‘बाइनर प्रणाली’ भनिएको हो।
हाम्रो आकाशगङ्गा ‘मिल्की वे’ को केन्द्रमा रहेको भनिएको ‘स्यागिट्टारियस ए’ नामक ‘अति भिमकाय ब्लाक होल’ ग्यासको र धुलोको विशाल पिण्डले घेरिएको छ । यी ग्यास र धुलोले विशाल तारा निर्माणको वातावरण तयार गर्छ । 

यी विशाल तारा आफ्नो जीवनको अन्त्यमा ब्लाक होलमा बदलिन्छ । र यी ब्लाक होल ‘अति भिमकाय ब्लाक होल’को गुरुत्वका कारणले आकाशगङ्गाको केन्द्र नजिक नै रहन्छ ।

यसरी बनेका ब्याक होलले आफ्नो छेउबाट गुर्जिरहेका ताराहरुलाई तानेर आफू वरिपरि घुम्ने बनाउछन र ‘बाइनरी प्रणाली’ निर्माण गर्छ ।

यी ब्लाक होल पत्ता लगाउन ‘बाइनरी प्रणाली’ले कहिले काहीँ उत्सर्जन गर्ने एक्स रेको विस्फोटको पहिलेदेखि खोज गरिएको थियो ।

“एक्लै रहदा ब्लाक होल कालो हुने बाहेक अन्य काम गर्दैन तर जब तिनले अन्य न्यून पिण्डको ताराहरुसँग जोडी बनाउछन् तिनले एक्स रेको विस्फोट  अन्तरिक्षमा फ्याक्छ ।” प्रो हेलेले भने ।

“आकाशगङ्गाको केन्द्र पृथ्वीबाट निक्कै टाढा भएकाले यी विस्फोटहरु सय वा हजार वर्षमा एक पटक मात्र अवलोकन गर्न सकिन्छ ।” हेलेले थपे ।

‘एक्स रे’ को खोजको क्रममा नासाको चन्द्र दुरदर्शक यन्त्रले संकलन गरेको सूचनाहरुमा अति भिमकाय ब्याक होलको ३ प्रकाश वर्षको दुरीमा १२ वटा न्युन पिण्डको तारा सहितको ब्लाक होलको ‘बाइनरी प्रणाली’ पत्ता लागेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप