मुलुकलाई समृद्ध बनाउन महिलालाई नेतृत्वमा लैजानुपर्छः अष्टलक्ष्मी शाक्य

काठमाडौँ । नेकपा (एमाले) की उपाध्यक्ष एवं पूर्वमन्त्री अष्टलक्ष्मी शाक्यले संघीय लोकतन्त्रक गणतन्त्रलाई संस्थागत गर्न सबै दलहरु मिलेर अघि बढ्नुको विकल्प नरहेको बताएकी छन् ।
उपाध्यक्ष शाक्यले संविधानको प्रभावकारी कार्यान्वयनको बाटोबाट संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने काममा सबै दलहरु नमिली सुखै नभएकोमा जोड दिइन् । ललितपुरमा आयोजित ‘राजनीतिको महिलाकरण’ विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले जनताको बलिदानपूर्ण संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रले समाजवादमा जाने लक्ष्य किटान गरेकाले सबै राजनीतिक दलहरुले संविधानको कार्यान्वयनमा जोड दिएर अघि बढ्नुपर्ने आवश्यक्ता पनि औंल्याइन् ।
उपाध्यक्ष शाक्यले भनिन्, ‘राजतन्त्र हटाएर संघीयतासहितको गणतन्त्र ल्यायौं । अहिले संविधानले समाजवादीको लक्ष्य बोकेको छ । उपलब्धिहरु धेरै भएका छन् । अहिले हाम्रो काम भनेको आन्दोलनबाट उपलब्धि भएको छ । त्यो उपलब्धिलाई रक्षा गर्ने मात्रै होइन, त्यसलाई प्रभावकारी कार्यान्वयन गर्ने हाम्रो दायित्व हो । हामी सबै दलहरुको हो । त्यो नगरी सुखै छैन । यसो भएको हुनाले बलिदानबाट ल्याएको संविधान, बलिदानबाट ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई जोगाउने, बचाउने र यसलाई संस्थागत गर्ने तथा समृद्ध नेपाल निर्माण गर्ने हाम्रो महत्वपूर्ण दायित्व हो । समाजवादमा पुग्ने हाम्रो लक्ष्य हो । त्यसो भएको हुनाले हामी दलहरु नमिली सुखै छैन, मिलेर यसको प्रभावकारी कार्यान्वयन नगरी सुखै छैन ।’
कार्यक्रममा बोल्दै एमालेकी स्थायी समिति सदस्य एवं पूर्वसांसद डा. विन्दा पाण्डेले संविधानमा व्यवस्था गरेको समावेशी प्रतिनिधित्वको सवालमा महिलाहरु आफैँ स्पष्ट हुनुपर्ने बताइन् । उनले महिलाहरुले पार्टीबाट प्रतिनिधित्व गरेर गएपनि सबै जनताको प्रतिनिधिको रुपमा आफू रहेको कुरालाई मनन गर्दै सोही अनुसार काम गर्नुपर्ने स्मरण गराइन् ।
उनले भनिन्, ‘महिलाहरुको समावेशी प्रतिनिधित्वको बारेमा हामी कति स्पष्ट छौ भन्ने खालको कुरा यो बहसको विषय हुन अझै जरुरी छ । र, अर्को कुरा चाहीँ त्यो प्रतिनिधित्व गरेर जानेले पनि मेरो भुमिका के हुनुपर्छ भन्ने कुरामा समस्या छ । अहिले चाहीँ कस्तो छ भने तपाईलाई पार्टीले पठाएको हो । पार्टीले भनेको कुरा मान्नुपर्छ । पार्टीले भनेको कुरा त मान्नु पर्छ । तर, पार्टीले के कारणले त्यहाँ पठाएको हो भन्ने कुरा चाहीँ बिर्सनु हुँदैन । मैले चाहीँ विभिन्न ठाउँका जनप्रतिनिधिहरुको बीचमा जाँदा पनि पहिलो कुरा हामी निर्वाचनमा जाँदाखेरी पार्टीको उम्मेदवार हुन्र्छौं । तर निर्वाचित भएपछि सबैको प्रतिनिधि हौं भन्ने कुरालाई ध्यानमा राख्नुपर्छ । अर्को संविधान र अन्तर्राष्ट्रिय प्रतिवद्धतालाई ध्यानमा राख्नुपर्छ । घोषणा पत्र र आफ्नो समुदायको पनि ख्याल गर्नुपर्छ । यी कुराहरु हाम्रो समावेशिताले बोक्न सकेको छैन । ’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मायाप्रीति’मा जोडी बन्दै आशीर्वाद र दिव्या
-
अन्तिम समयमा आएर किन रोकियो प्राधिकरणले ल्याउने भनेको श्वेतपत्र ?
-
कांग्रेस सांसदको प्रस्तावः संविधान संशोधन गरेर शिक्षकलाई संघअन्तर्गत राखौँ
-
सोमबारको संसद् बैठकमा अश्लील नबोलेको प्रेम आलेको दाबी
-
२८ दिनदेखि सडकमै छन् शिक्षक, तस्बिरहरू
-
शिक्षकहरूका जायज माग तत्काल पूरा गर्न माग