धरपकड र नजरबन्द जनताको मौलिक हक विपरीत : अध्यक्ष लिङ्देन
_Tyql8mzuxf.jpg)
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले शान्तिपूर्ण ढङ्गले हिँडडुल गर्न, भेला हुन र विरोध प्रदर्शन गर्न पाउने जनताको मौलिक हक विपरीत हुने टिप्पणी गरेका छन् । दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’ को समर्थनमा निस्किएकाहरुलाई प्रहरीले धमाधम पक्राउ गर्न थालेपछि लिङ्देनको यस्तो प्रतिक्रिया आएको हो ।
उनले सामाजिक सञ्जालमा प्रतिक्रिया जनाउँदै बिहीबार काठमाडौँमा भएको धरपकड र नजरबन्द जस्ता घट्नाहरु अलोकतान्त्रिक तथा जनताको मौलिक हक विरुद्धका काम भएको बताएका छन् ।
लिङ्देनले लेखेका छन्,‘ शान्तिपूर्ण ढङ्गले हिँडडुल गर्न, भेला हुन र विरोध प्रदर्शन गर्न पाउने जनताको मौलिक हक विपरीत आज काठमाडौँमा भइरहेको धरपकड र नजरबन्द जस्ता घट्नाहरु अलोकतान्त्रिक तथा जनताको मौलिक हक विरुद्धका काम हुन्। धरपकड र कुनै पनि प्रकारको दमनले समस्याको समाधान निस्कँदैन। सरकारले आफूलाई तत्काल सच्याओस् ।’
बुधवार बल्खुमा भएको प्रदर्शनमा राप्रपाका प्रवक्ता एवं सांसद ज्ञानेन्द्रबहादुर शाही पुगेर ऐकवद्धता जनाएका थिए । बिहीबार प्रसाईंले तीनकुनेबाट प्रदर्शन गर्ने बताएपछि बाक्लो सङ्ख्यामा प्रहरी परिचालन गरेर धरपकड गरिएको छ । भक्तपुरस्थित प्रसाईंको निवास अगाडी समेत प्रहरी परिचालित गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर युद्ध : चीनले अमेरिकी सामानमा १२५% कर लगाएपछि ट्रम्पले के भने ?
-
६९ मेगावाट क्षमताको मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट ३० मेगावाट मात्रै उत्पादन
-
इटालियन सिरी’एमा एसी मिलानको शानदार जित
-
वैशाख पहिलो साता कर्णाली एजुकेशन एक्स्पो हुने
-
यसरी बन्दैछ त्रिवि मैदानमा प्यारापिट, तस्बिरहरू
-
ला लिगामा ३१ औं चरणका खेल सुरु, भ्यालेन्सियाले सेभियालाई हरायो