एमाले नेतालाई छोए फाँटैफाँट लखेट्ने महेश बस्नेतको चेतावनी
![एमाले नेतालाई छोए फाँटैफाँट लखेट्ने महेश बस्नेतको चेतावनी](https://npcdn.ratopati.com/media/news/yuba-sangh-(3)_RakSfPU1Bz.jpg)
काठमाडौँ । एमाले नेता तथा राष्ट्रिय युवासंघका इन्चार्ज महेश बस्नेतले गणतन्त्र विरोधी दुर्गा प्रसाईंलाई एमाले नेता कार्यकर्तालाई छोएर देखाउन चुनौती दिएका छन् । एमाले पार्टी कार्यालय च्यासलमा शुक्रवार युवा संघको दोस्रो केन्द्रीय कमिटी बैठकमा बोल्दै नेता बस्नेतले बिहीबार प्रसाई समर्थकले हेटौँडा र कलंकीबाट तीनकुने हिँडेका आफ्ना कार्यकर्तामाथि आक्रमण प्रयास भएको भन्दै युवा संघ सशक्त भएकाले प्रतिरोध गर्न सफल भएको बताए ।
बस्नेतले युवासंघलाई जुध्न बाध्य नपार्न चेतावनी दिए । ‘युवा संघसँग टक्कर लिनेले ठक्कर खान्छ । आज पनि म सुन्दैछु श्रीलङ्का बनाउने रे ! नेताहरूका घर हान्ने रे । तिम्रा बाउका तागत छ भने एमाले नेताका घरहरू छोएर हेर । हिम्मत छ भने एमालेका समर्थक शुभचिन्तकहरूलाई छोएर हेर’, उनले भने, ‘एमाले पङ्क्ति अरिङ्गालको गोला जस्तो हुनेछ ।’
उनले एमाले नेता र उनीहरूका घर छोएमा पुच्छर ठाडो पारेर फाँटैफाँट लखेट्ने चेतावनी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेन विनाकुनै शंका वार्तामा आउने रुसी दावीविरुद्ध जेलेन्स्कीको कडा प्रतिक्रिया, रिसाए नेटो महासचिव
-
वित्त आयोगको कार्यसम्पादनमा सूर्योदय नगरपालिका देशभरमै दोस्रो
-
विदेश भ्रमणमै रहेका बेला फेरि श्रममन्त्री भण्डारीको पद धरापमा !
-
१२ बजे, १२ समाचार : भूमिसम्बन्धी अध्यादेशले सरकार नैतिक संकटमादेखि ड्युटीमा रहेका प्रहरी कुट्ने अखिल नेता जोशी पक्राउसम्म
-
माओवादी र एकीकृत समाजवादीबिच पार्टी एकता हुन्छ : वर्षमान पुन
-
अनलाइनबाट हुने दुर्व्यवहारका घटना बढ्दै