भक्तपुर । मेडिकल व्यवसायी तथा गणतन्त्र विरोधी अभियन्ता दुर्गा प्रसाईँको भक्तपुर स्थित निवासमा नेपाल प्रहरीको स्पेसल टास्क फोर्स परिचालन गरिएको छ ।
आन्दोलन जारी राख्ने भन्दै आक्रामक अभिव्यक्ति दिए पनि उनलाई प्रहरीले निगरानीमा राखेको हो । आज तीनकुनेमा सो अभियानले प्रदर्शन गर्ने तयारी गरे पनि काठमाडौँ प्रशासनले रोक लगाएको थियो ।
प्रसाईंले आफू होम एरेस्टमा रहेको भन्दै सरकारले तीनकुनेमा प्रदर्शन नदिए पनि देशभर प्रदर्शन हुने चेतावनी दिएका छन्।
प्रतिक्रिया