मेस्सीसँगको विवादपछि आफूमाथि रङ्गभेदी दुर्व्यवहार भएको ब्राजिलियन स्ट्राइकरको गुनासो

काठमाडौँ । ब्राजिलियन स्ट्राइकर रोड्रिगोले आफूमाथि सामाजिक सञ्जालमार्फत रङ्गभेदी दुर्व्यवहार भएको गुनासो गरेका छन् । उनले विश्वकप छनोटअन्तर्गत अर्जेन्टिनाविरुद्धको खेलपछि सामाजिक सञ्जालमार्फत आफूलाई रङ्गभेदी दुर्व्यवहार गरिएको आरोप लगाएका हुन् ।
विश्वकप छनोट खेलका क्रममा अर्जेन्टिनी स्टार लियोनल मेस्सी र ब्राजिलियन स्ट्राइकर रोड्रिगोबिच मैदानमै बादबिवाद भएको थियो । विश्वकप छनोटको उक्त खेल रियो दि जेनेरियोमा खेलिएको थियो । अर्जेन्टिनाका समर्थक प्रहरीबिच भएको झडपका कारण खेल निर्धारित समयभन्दा ३० मिनेट ढिलो सुरु भएको थियो ।
सोही क्रममा मेस्सी र रोड्रिगोबिच पनि भनाभन भएको थियो । त्यो खेलपछि आफूलाई सामाजिक सञ्जालमा ‘बाँदर र केरा’ भनेर दुर्व्यवहार गरिएको गुनासो रोड्रिगोले गरेका छन् । ‘सामाजिक सञ्जालको मेरो अकाउन्टमा पनि बाँदर र केरा भनेर रङ्गभेदी दुर्व्यवहार भएको छ,’ सामाजिक सञ्जाल इन्स्टाग्राममा रोड्रिगोले भनेका छन् ।
उनले खेलाडीको भावनामाथि चोट पुर्याउने कार्य बन्द गर्न पनि फुटबल समर्थकसँग अनुरोध गरेका छन् । ‘समर्थकले चाहेजस्तो हामीले गरेनौँ । समर्थकले सोचेजस्तै हामीले सोचेनौँ । हामी खेलाडीले केही फरक गर्न खोज्यौँ भने समर्थकहरु जातिय र रङ्गभेदी दूब्र्यवहारमा ओर्लन्छन् । मेरो विचारमा यो गम्भिर अपराध हो,’ उनले भनेका छन् । विश्वकप छनोटको उक्त खेलमा अर्जेन्टिनाले ब्राजिललाई १—० गोलले हराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोयल च्यालेन्जर्स बैंग्लुरुविरुद्ध गुजरातको शानदार जित, बट्लरको विष्फोटक ब्याटिङ्
-
‘मिर्गी’ रोग पीडित बालिकाको उपचारका लागि ६८ लाखभन्दा बढी जुट्यो
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्रीको थाइल्याण्ड भ्रमणदेखि तीनकुने घटनामा प्रहरीले चलाएको गोलीबारे जानकारीसम्म
-
लुम्बिनीमा उपकुलपतिहरुको अन्तरराष्ट्रिय सम्मेलन
-
भारतमा लडाकु विमान दुर्घटना
-
झापामा सवारी दुर्घटना, एक जनाको मृत्यु