राँगाको आक्रमणबाट वृद्धको मृत्यु, १ दर्जन बढी घाइते
शुक्रबार, ०८ मङ्सिर २०८०, १० : ०९
रौतहट । रौतहटको कटहरिया नगरपालिका ९ डुमरियामा राँगाको आक्रमणबाट एक जना वृद्धको मृत्यु भएको छ।
आफ्नो घरमै रहेको अवस्थामा एक्कासि बुधवार साँझ राँगाको आक्रमणबाट घाइते भएका कटहरिया ९ डुमरिया गाउँका ७० वर्षीय बतहु राय यादवको उपचारको क्रममा नारायणी अस्पताल बिरगंजमा गए राति मृत्यु भएको प्रहरीले जनाएको छ।
सोही राँगाको आक्रमणमा परी पटक पटक गरेर १ दर्जन भन्दा बढी मानिस घाइते भएका छन् । स्थानीय समाजसेवी बच्चालाल यादवका अनुसार आक्रमणबाट राजदेव माझी, मञ्जारुल मियाँ, महामदिन मियाँ, बिलास महरा लगायत १ दर्जन बढी मानिस घाइते भएका हुन् ।
अतिनै खुंखार प्रवृत्तिको उक्त राँगा नियन्त्रण गर्न पटक पटक गाउँलेहरूले आग्रह गर्दा अध्यक्ष रुपेश यादव र मेयर अजय प्रकाश जैसवालले वास्ता नगरेको कारण मानिस मृत्यु हुन पुगेको स्थानीयको गुनासो छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे सम्मानित
-
बाढीको चपेटामा परेको च्यासल रङ्गशालामा कहिले जाला ध्यान ? (तस्बिर)
-
मकवानपुरगढीद्वारा कृषकलाई अनुदान
-
हाटबजारमा चार हजार दुई सय किलो मास बिक्री
-
सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक ग्लोबल आईएमई बैंक
-
चक्रवाती आँधी फेङ्गल आज तमिलनाडु-पुडुचेरीको तटमा आइपुग्ने