अमेरिकामा नेपालीहरूले यसरी मनाए 'धन्यवाद दिवस'
अमेरिकामा रहेका नेपाली मूलका नेपालीहरूले 'धन्यवाद दिवस' अर्थात् 'थ्याङ्कस गिभिङ् डे' हर्षोल्लासका साथ मनाएका छन् । अमेरिकामा क्रिसमस पछि कै सबै भन्दा ठुलो पर्वका रूपमा मनाइने 'धन्यवाद दिवस'मा नेपाली समुदायले पनि आफ्ना परिवार,आफन्त ,इष्टमित्र तथा साथीभाइलाई आफैले विभिन्न परिकारका खानेकुराहरू द्वारा अतिथि सत्कार गर्दै धन्यवाद दिवस मनाएका छन् । अमेरिकामा १-३ घण्टा सम्म समय फरक हुनाले यो मनाउने क्रम अझ जारी छ भने गत बुधबार देखि नै खुसीयाली मनाइएको छ ।
यस पर्वमा मुख्य रूपमा अमेरिकामा पाइने कालिज जस्तो ठुलो चरा टर्की अर्थात् पाताल मयूरको मासु खाइन्छ । साथै अन्य फरक परिकारका चिजहरू समेत यसमा खाने चलन छ ।
यस दिवसमा परम्परा अनुसार पर्व सुरु हुनु अगाडी व्हाइट हाउसमा टर्की राष्ट्रपतिको अगाडी जिउँदो टर्की प्रदर्शन गरिन्छ । उक्त 'पार्डोनिंग' अर्थात् क्षमा याचना समारोहमा राष्ट्रपतिले टर्कीलाई जीवनदान अर्थात् क्षमा याचना दिने गर्छन् । सन् १८६५ देखि यो प्रचलन राष्ट्रपतिको भवनमा लगिन थालिएको हो । राष्ट्रपतिले केही भने पछि सबैको लागि टर्की खान खुला गरिएको मानिन्छ ।
यो 'थ्याङ्कसगिभिङ् डे' अर्थात् धन्यवाद दिवसमा सार्वजनिक बिदा हुने हुनाले नेपाली समुदायका अधिकांशले मनाउन प्रारम्भ गरेका छन् । तथापि सबै निजी क्षेत्रबाट सञ्चालनमा रहेका ठुला पसलहरू खुला भएता पनि अन्य दिन भन्दा अलिक छिटो बन्द हुने गर्छन् । अमेरिकामा पहिलो पुस्ताले भन्दा पनि अमेरिकामा जन्मेका दोस्रो पुस्ताले यसलाई निकै मनोरञ्जन गर्ने रूपमा लिने र अभिभावकलाई उत्प्रेरित गर्ने हुनाले पहिला पुस्ताका नेपाली समुदायले भव्य रूपमा मनाउने गर्छन् । यस पर्वमा अमेरिकाका धेरै राज्य तथा सहरहरूमा झाँकी प्रदर्शन पनि हुन्छ ।
'धन्यवाद दिवस' थ्याङ्कसगिभिङ् डे इसाईहरुको एउटा प्रमुख चाड हो । अमेरिकामा यो पर्व अझ उत्साहजनक रूपमा मानिन्छ । धन्यवाद दिवस संयुक्त राज्य अमेरिका, क्यानाडा, क्यारिबियन केही द्वीपहरू र लाइबेरियामा विभिन्न मितिहरूमा एक राष्ट्रिय छुट्टीको रूपमा मनाइन्छ । त्यसैगरी जर्मनी र जापानमा पनि अर्कै नाममा यो चाडपर्व मनाइन्छ ।
अमेरिकामा यो नोभेम्बर महिनाको चौथो बिहीबार र क्यानडामा दोस्रो सोमबार पर्छ । अमेरिकामा धन्यवाद दिवस अर्थात् थ्याङ्कसगिभिङ् डे को भोलिपल्ट शुक्रबार पर्छ । उक्त शुक्रबारलाई कालो शुक्रबार (ब्ल्याक फ्राइडे) भनिन्छ। उक्त कालो शुक्रबार को दिन अत्यधिक सस्तोमा सामान बिक्री गरिने हुनाले सामान पसलहरूमा खरिद गर्न मानिसहरूको अत्यधिक भिड हुन्छ । यो पर्व सकिने बित्तिकै मानिसहरू पसलका ढोकाहरू अगाडी राति देखि नै कुरेर आफूले चाहेको सामान किन्दछन् ।
इतिहास
वास्तवमा यो दिवस फसल (बाली) फलेको खुसीयालीमा मनाइने एक पर्व हो। यो भगवानलाई धन्यवाद दिन मनाउन थालिएको चाड हो । यो पर्व हरेक वर्ष नोभेम्बर महिनाको चौथो बिहीबार मनाउने गरिन्छ। युरोपेलीहरू आप्रवासीहरू जव अमेरिका आए त्यतिबेला उनीहरुले मेहनत र कष्ट साथ तत्कालीन समयमा खेतीपाती गर्न प्रारम्भ गरे । फसल (बाली काट्ने) बेलामा खुसीका साथ एक आपसमा धन्यवाद आदान प्रदान गरे । यहीबाट धन्यवाद दिवस सुरु भएको मानिन्छ । अमेरिकामा यो कहाँ बाट सुरु भयो भन्ने नै छलफल कै विषय भएको छ तर अमेरिकाको न्यू इङ्गल्याण्ड तथा भर्जिनियाबाट प्रारम्भ भएको भनिन्छ ।
यस वर्ष अर्थात् वर्ष २०२३ को धन्यवाद दिवस अर्थात् थ्यांक्सगिभिङमा कम खर्च हुने तर मूल्यहरू अझै पनि पूर्व-महामारी देखि माथि रहेको एक सर्वेक्षणले देखाएको छ । अमेरिकी फार्म ब्यूरो फेडरेशन (एएफबिएफ)ले गत हप्ता दिएको नयाँ सर्वेक्षण अनुसार १० व्यक्तिहरूको लागि औसतमा ६१.१७ डलर खर्च हुनेछ ।
गत वर्ष उच्च ६४.०५ डलर रहेको थियो भने गत वर्ष भन्दा यस वर्ष ४.५ प्रतिशतले न्यून रहेको छ । यस वर्षको थ्यांक्सगिभिङ डिनर अर्थात् धन्यबाद दिवस रात्रीभोजमा गत वर्षको तुलनामा बढी किफायती भए पनि यो अझै पनि २०१९ को तुलनामा २५ प्रतिशत माथि रहेको सर्वेक्षणले जनाएको छ ।
धन्यवाद दिवस परम्परा सन् १९३० को दशकमा स्थापित भएको थियो । जब दुई वर्षको थ्याङ्क्सगिभिङ पाँचौं बिहीबार परे पछि सन् १९४१ मा प्रत्येक नोभेम्बर महिनाको चौथो बिहीबार हुने गरी एउटा कानुन पारित गरिएको थियो।
अमेरिकाको इलिनोइस एक्सटेन्सन विश्वविद्यालयका अनुसार थ्याङ्क्सगिभिङमा अमेरिकीहरूले ४६ मिलियन पाउण्ड (४ करोड ६० लाख पाउण्ड) टर्की खाने गरेको तथ्याङ्क छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यराति कालिकोटमा भूकम्पको धक्का
-
विद्युत प्राधिकरणको हेटौंडास्थित जिन्सी व्यवस्थापन शाखाबाट ११ करोडको सामान गायब
-
१२ बजे, १२ समाचार : बयानमा रविले गरे २६ प्रश्नको सामनादेखि रास्वपाद्वारा बालेनसँग सम्वाद गरेको स्वीकारसम्म
-
नासाको ‘पार्कर सोलार प्रोब’ सूर्यको सबैभन्दा नजिक पुग्यो
-
पोखराको फेवाताल किनारमा शनिबारदेखि सडक महोत्सव
-
बराहक्षेत्र मन्दिर परिसर बाढीको जोखिममा