छाउ नबार्ने महिलालाई सम्मान
बिहीबार, ०७ मङ्सिर २०८०, २१ : ५६

बझाङ । गतसाता खप्तडछान्ना गाउँपालिका–७ गडरायमा छाउपडी प्रथा तोड्ने महिला एक कार्यक्रममा सम्मानित भएका छन् । गडरायमा लागू भएको गरिमा परियोजनाले छाउपडी कुप्रथा तोडेको भन्दै १० जना महिलालाई सम्मान गरेको हो ।
आज सम्मानित भएका महिलाले महिनावारी भएको समयमा घरभित्र बस्ने, दही दूध खाने, गाईभैँसी दुहुनेजस्ता घरायसी काममा सक्रिय भएपछि सम्मान गरेको गरिमा परियोजनाले जनाएको छ । सामाजिक कुरीतिविरुद्ध डटेर सम्मानित हुनेमा प्रमिला रोकाया, गीता रोकाया, पारू रोकाया, अस्मिता रोकाया, पद्मा सिंह, उजेली थापा, विमला सार्की, शान्ति थापा, मनादेवी जोशी र जसु थापा छन् ।
गडरायमा अहिले धेरै महिलाले छाउपडी नमान्ने गरेको प्रमिला रोकायाले बताइन् । उनले देउता मान्ने धामी झाँक्रीले पनि पछिल्लो समय छाउपडीलाई त्यति विभेद नगरेको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनमोहन अधिकारीले ल्याएको कार्यक्रमको जस अहिले पनि एमालेले पाइरहेको छ : पूर्वराष्ट्रपति भण्डारी
-
सत्ताइस वर्षअघि ‘ट्याक’ खुलेको रत्नेचौर–भकुण्डे सडक कालोपत्रको तयारी
-
आइन्स्टाइन गलत साबित भएका तीन कुरा
-
किसानलाई समयमै मल, बीऊ र सिँचाइको व्यवस्था गर्नुपर्छ : सांसद खाँण
-
नवनियुक्त मुख्य प्रशिक्षक स्टुअर्ट लले सुरु गरे काम
-
पोखरामा डेढ अर्ब खर्चेर साझेदारीमा खानेपानी आयोजना निर्माण हुने