पोखरामा सुरु भयो एन्ड्युरो माउण्टेन बाइक रेस

पोखरा । पोखरामा बिहीबारदेखि एन्ड्युरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक रेस सुरु भएको छ । माउन्टेन बाइक कम्पनी डन टिल डस्कको आयोजनामा सुरु भएको रेसमा ११ देशका ५६ खेलाडी सहभागी छन् ।
पोखरा महानगरपालिका १३ आर्वाको डाँडामा भएको प्रतियोगिता उद्घाटन गर्दै मेयर धनराज आचार्यले खेल क्षेत्रको विकासको लागि महानगरले कमी नगरेको बताए । ‘पोखरलाई खेल पर्यटनको हब बनाउन प्रशस्त सम्भावना छ । हामी त्यसमा लागिरहेका छौं,’ उनले भने, ‘यस्तै अन्तर्राष्ट्रिय स्तरका खेल आयोजना भए हाम्रो अभियानमा पनि सघाउ पुग्छ ।’
यहाँ प्रतियोगिता आयोजना गर्न ४ वर्ष अगाडिदेखि तयारी गरिएको थियो । विभिन्न ७ विधामा हुने प्रतियोगिताको लागि ६ वटा ट्रयाक रहनेछन् । प्रोफेशन राइडरका लागि इलिट र इ–बाइकको लागि छुट्टै ट्रयाकमा रेस गर्नुपर्ने प्रतियोगिताका रेस डाइरेक्टर सुनिलचन्द्र शर्माले जानकारी दिए । प्रतियोगितामा इलिट पुरुषतर्फ जुनियर (१२–१८ वर्ष), मास्टर्स ‘क’ (३०–३९ वर्ष), मास्टर्स ‘ख’ (४०–४९ वर्ष), भेट्रान (५० वर्ष माथि), महिला ओपन तथा इ–बाइक विधामा प्रतिस्पर्धा हुनेछन् । इ–बाइक रेस नेपालमै पहिलो पटक हुन लागेको आयोजकले जनाएको छ ।
वडाध्यक्ष किरण बरालले आर्वाको पहिचान अन्तर्राष्ट्रियकरण भएको बताए । ‘हिजोसम्म आर्वा अरुका लागि सामान्य थियो । यो प्रतियोगिताले विशेष बनाइदिएको छ,’ उनले भने, ‘अब निरन्तर रुपमा प्रतियोगिता सञ्चालन गर्नुपर्छ । वडाले आवश्यक समन्वय गर्छ ।’ एन्ड्युरो माउन्टेन बाइक रेसका लागि पोखरा नै उपयुक्त ठाउँ रहेको प्राविधिक टोलीको भनाई छ ।
इलिट पुरुषतर्फका प्रथम हुनेले नगद ५० हजार रुपैयाँ, दोस्रो हुनेले ३० हजार र तेस्रो हुनेले २० हजार रुपैयाँ प्राप्त गर्ने र इलिट महिलातर्फ प्रथम, दोस्रो र तेस्रो क्रमशः ३५ हजार, २५ हजार र १५ हजार रुपैयाँ प्राप्ते गर्नेछन् । अन्य विधामा भने गिफ्ट ह्यापर प्रदान गरिने आयोजकले जनाएको छ । बिहीबार र शुक्रबार अभ्यास हुनेछ भने मुख्य प्रतिश्पर्धा शनिबार हुने आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको बेनी नगरपालिकामा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम
-
आईपीएल : पुछारमै थन्कियो चेन्नई, हैदरावाद उक्लियोआठौं नम्बरमा
-
झापाको मेचीनगर नगरपालिकामा अनुगमन तीब्र, खाद्य उद्योगलाई जरिवाना
-
१२ बजे, १२ समाचार : डाबरद्वारा राज्यको सम्पत्ति दोहनदेखि नागरिक उन्मुक्ति पार्टी र जनमतबीच एकताका लागि बोलाइयो बैठकसम्म
-
गायक नवीन के भट्टराई ब्यान्डसहित लन्डनमा
-
नागरिक उन्मुक्ति पार्टीले बोलायो केन्द्रीय समिति बैठक