‘सतीदेवी’को फष्टलुकले भन्न खोजेको के ?
काठमाडौँ । देशमा ठुला ठुला आन्दोलन भयो । विभिन्न राजनीतिक परिवर्तन भए । जनताको परिवर्तनका नाममा विभिन्न नारा गुन्जाउँदै क्रान्ति गर्ने सडकदेखि सत्तामा पुगे । तर आन्दोलनको उपलब्धि गाउँघर र निमुखा वर्गमा अझै पुग्न सकेको छैन । यस विषयमा बेलाबेलामा विभिन्न आवाज समेत उठ्दै आएको छ ।
फिल्म ‘सतीदेवी’को फष्टलुक पोस्टरले पनि विभिन्न समय भएको परिवर्तनको औचित्य माथि प्रश्न गरेको छ । निर्माण युनिटले बिहीबार फष्टलुकको रूपमा सार्वजनिक गरेको पोस्टरमा अभिनेत्री मलिका महत देखिएकी छन् । पोस्टरमा उनको सामान्य अवतार भने छैन । जुत्ताको मालासहित कालोमोसो दलेर गाउँलेले लखेटिरहेको र उनी भागिरहेको देख्न सकिन्छ । गाउँले युवतीको गेटअपमा त्रसित मनोविज्ञानसहित भागिरहेकी पोस्टरले हाम्रो समाजको चित्रण गरेको छ । जहाँ अहिले पनि परिवर्तनले छुन सकेको छैन ।
फिल्म ‘सतिदेवी’ लक्ष्मण सुवेदीले निर्देशन गरेका हुन् । फिल्मले देशमा जतिनै परिवर्तन आएपनि परिवर्तित हुन नसकेको महिला, दलित र अपहेलितको कथा विषय बनाएको छ । पोस्टरमा मार्फत आफूले पनि त्यही विषय झल्काएको निर्देशन सुवेदी बताउँछन् । ‘एकै खालका विषयवस्तुमा वाक्क भएका दर्शकका लागि मेरो फिल्मले नयाँ स्वाद पक्कै दिनेछ’ सुवेदीले थपे । छोरी पात्रलाई अहिलेसम्मकै फरक र बलियो रूपमा आफूले फिल्म पेस गरेको दाबी गर्ने सुवेदीको फिल्म मार्फत एक किसिमको क्रान्ति गर्न खोजेको धारणा छ ।
बाबुछोरीको कथा समेत भन्ने फिल्मले समाजमा हुने छोराको चाहना, छोरीको महत्वलगायतको विषय समेत गहिरिएर देखाउने बताइन्छ ।
फिल्ममा मलिकाको अलवा सन्दीपबाबु लोहनी, रमेश बुढाथोकी, कुलदीप अधिकारी, भोलाराज सापकोटा लगायतको अभिनय छ ।
गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा दिलासा क्रिएसनको प्रस्तुति रहेको फिल्मको निर्माता श्रीदेवी सुवेदी हुन् । फिल्मको लेखन, गीत, निर्माण समेत सुवेदीकै हो । फिल्मको रिलिज मिति यसै वर्षको अन्त्य बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेता तथा निर्माता खड्का युकेमा सम्मानित
-
दाल तथा गेडागुडीको अग्रिम कर घट्यो, बजार मूल्य घट्नेमा अन्योल
-
प्रधानमन्त्रीको चीन भ्रमण प्रस्ताव अर्को मन्त्रिपरिषद् बैठकमा
-
प्रहरी ऐन छलफलका लागि विधायन समितिमा पठाउने निर्णय
-
रवि लामिछानेलाई भोलि काठमाडौँ ल्याउने तयारी
-
परराष्ट्रमन्त्रीको राणाको चीन भ्रमण स्वीकृत