बिहान यस्ता गल्तीले बढाउँछ मोटोपना

काठमाडौँ । अहिलेको यो युगमा स्वस्थ र तन्दरुस्त रहने चाहना त कसलाई पाे नहोला र । तर समयको अभाव र खराब जीवनशैलीले गर्दा आफूलाई स्वस्थ र तन्दरुस्त राख्नु मुस्किल बन्दै गएको छ ।
वास्तवमा तौल बढ्नुको अनेक कारण हुन सक्छन् । कयौँ पटक त हामीले सुत्ने बेलामा वा बिहान उठेपछि गर्ने केही स–साना गल्तीले पनि वजन बढाइरहेका हुन्छन् ।
प्रायः हाम्रो जीवनशैलीमा बिहान गरिने केही गल्तीका कारण मोटोपना देखिन सक्छ । बिहान हाम्रो शरीर निकै सक्रिय हुन्छ । यस्तोमा तपाईँले केही कुरामा ध्यान दिएर पूरै दिन सक्रिय रहने मात्रै होइन तौल बढ्नबाट पनि रोक्न सक्नु हुन्छ ।
धेरै मानिसहरु अफिस जाने हतारोमा बिहान खाजा वा खानै खाँदैनन् । केहीले भने तौल घटाउन भन्दै बिहानको खाजा नास्ता छुँदै छुँदैनन् । यस्तो गर्नु पनि गलत हो । बिहान हेल्दी ब्रेकफाष्टले शरीरलाई ताकत दिन्छ र मेटाबोलिज्म बढाउँछ । यसले शरीरमा अतिरिक्त बोसो जम्दैन । ब्रेकफाष्ट नगर्दा पनि तौल बढ्न सक्छ ।
धेरैजसो मानिसहरु बिहान उठ्ने बित्तिकै चिया र कफी पिउन थाल्छन् । खाली पेटमा चिया र कफीले पाचनमा नराम्रो असर गर्छ । जसले तपाईँको वजन पनि बढ्न सक्छ । विशेषगरेर चिनी भएको चिया कफी अनि साथमा तारेको वा भुटेको नास्ताले स्वास्थ्यमा नोक्सान पुर्याउँछ र वजन बढ्छ ।
यस बाहेक बिहान अबेरसम्म सुत्ने मान्छेहरु पनि मोटोपनाको सिकार हुन थाल्छन् । स्वस्थ रहनका लागि कुनै पनि वयस्क व्यक्तिलाई सातदेखि आठ घण्टाको निद्रा चाहिन्छ । तर केही मानिस दिनमा ११÷१२ घण्टासम्म सुत्छन् । जसका कारण उनीहरुमा मोटोपनाको समस्या देखिन थाल्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको जालमा जेलेन्स्की, शुक्रबार अमेरिकामा ‘विशाल सम्झौता’
-
आईसीसी च्याम्पियन्स ट्रफीबाट बाहिरियो इंग्ल्याण्ड
-
डोलेश्वरमा एकैदिन ६० हजारले गरे दर्शन
-
१२ बजे, १२ समाचार : नेपालमा पढ्न चाहने किटका विद्यार्थीलाई आवेदन खुलादेखि अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा नेपाल पराजितसम्म
-
माओवादी सुदूरपश्चिम संसदीय दलको विवाद मिलाउने प्रचण्डको प्रयास असफल
-
शासन गर्नका लागि कांग्रेस र एमाले मिलेको होइन : महासचिव पोखरेल