विदुर नगरपालिकाद्धारा् एकैदिन सत्र कानून जारी

नुवाकोट - विदुर नगर कार्यपालिकाले बुधबार एकैदिन १७ वटा नयाँ कानून निर्माण गरी जारी गरेको छ ।
विदुर नगरपालिकाको दोस्रो नगरसभामार्फत ऐन, नियमावली, कार्यविधि र आचारसंहिता समावेश भएको १७ नयाँ कानून पारित गर्दै कार्यान्वयनमा ल्याएको प्रमुख सञ्जु पण्डितले जानकारी दिए ।
पण्डितका अनुसार नगरपालिकाको वडा नं ११ का वडाध्यक्ष तोयानाथ तिमिल्सिनाको संयोजकत्वमा गठित विधेयक समितिले नगरसभामा पेश गरेको कानूनलाई दफाबार छलफलमार्फत बहुमतले पारित गरेको हो ।
“नगरकार्यपालिका सञ्चालनका लागि ४२ वटा कानून आवश्यक पर्छ ।” उनले भने, “केन्द्रले पठाएका नमूना कानूनको आधारमा विधेयक समितिमार्फत निर्माण गरी नगरकार्यपालिका र नगरसभामार्फत बाँकीलाई पनि क्रमशः निर्माणको तयारीमा जुटेका छौँ ।”
नगरपालिकाले यसअघि स्थानीय प्राकृतिक स्रोतको खानी सञ्चालनका लागि राजपत्र जारी गरी भूकम्पपीडितलाई आवास निर्माण गर्न निर्माण सामग्री सहुलियत शुल्कमा उपलब्ध गराएको थियो । जिल्लामा रहेका १२ स्थानीय तहमध्ये अन्यले कानून निर्माण गर्न बाँकी नै रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेनले पठाए मन्त्रालयलाई जवाफी पत्र, प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गर्न नदिने अडान
-
रास्वपा सांसद खनालको प्रश्न : सरकार जीबी राईलाई खोज्दै छ कि छैन ?
-
कुलमानका विषयमा ऊर्जामन्त्रीले सदनमा झुट बोले : लिङ्देन
-
अब राजतन्त्र ब्युँतने सपना नदेखे हुन्छः प्रधानमन्त्री
-
‘पैसा डबल’ गरिदिने भन्दै ठगी गर्नेलाई कारबाहीको माग गर्दै न्यायालय अगाडि प्रदर्शन
-
राष्ट्रिय सभाबाट अध्यादेशहरू धमाधम स्वीकृत