फोटोफिचर
बल्खुमा दुर्गा प्रसाईंका समर्थक र युवासंघका कार्यकर्ता आमनेसामने, तस्बिरहरू
बिहीबार, ०७ मङ्सिर २०८०, १२ : २१

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’ले बल्खुमा आयोजना गरेको प्रदर्शनमा युवासंघका कार्यकर्ता पुगेपछि झडप भएको छ । कालिमाटीतर्फबाट तीनकुने जान लागेका युवासंघका कार्यकर्ता बल्खुस्थित पुलमा पुगेपछि दुई समूहको बिचमा ढुङ्गा हानाहान भएको हो ।
युवा संघका कार्यकर्ता र प्रसाईंका समर्थक बिच मुठभेड भएसँगै प्रहरीले माइकिङ गरेर युवा संघका कार्यकर्तालाई त्यहाँबाट हटाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले युवा संघलाई काठमाडौंको तिनकुनेमा प्रदर्शन गर्न भनेको छ । तर, करिब ३० जना युवा संघका कार्यकर्ता बाइक र्याली गर्दै बल्खुमा पुगेपछि झडपको अवस्था आएको सुरक्षा अधिकारीहरू बताउँछन् । दुई पक्षको बिचमा ढुङ्गा हानाहान हुँदा केही मोटरसाइकल र गाडीमा क्षति पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मौसम खराब भएपछि छेन्दुबाट पोखरामा हुने उडान रद्द
-
जिमेलमा अश्लील तस्बिर राख्दा खुल्यो पोल, यसरी पक्राउ परे छोरीमाथि यौन दुर्व्यवहार गर्ने बाबु
-
नेपालको सर्वोच्च अदालत र भारतको सर्वोच्च अदालतबिच समझदारीपत्रमा हस्ताक्षर
-
‘पोखरा–छेन्दु उडान नियमित गर्न सबैको सहयोग आवश्यक’
-
वायु प्रदूषण न्यूनीकरणका लागि तत्काल कदम चाल्न सरकारको ध्यानाकर्षण
-
तीनकुनेको प्रदर्शनमा ट्राफिक लाइट फुटाएको आरोपमा एक जना युवक पक्राउ