मन्त्रिपरिषद् बैठक
मन्त्रिपरिषद् बैठक सकियो, यस्ता छन् निर्णय
बिहीबार, ०७ मङ्सिर २०८०, ११ : ५३

काठमाडौँ । पाँचवटा निर्णय गर्दै बिहीबार बसेको मन्त्रिपरिषद्को बैठक सकिएको छ । बैठकले विद्युतीय सुशासन आयोगको सदस्यमा कञ्चनपुर निवासी पूर्णबहादुर कुँवरलाई नियुक्त गर्ने निर्णय गरेको छ । प्राविधिक शिक्षाको क्षेत्रमा स्वीजरल्याण्ड सरकारले प्रदान गर्ने स्वीस फ्रेंक ४.४६५ मिलियन (करिव ६५ करोड) अनुदान स्वीकृत गर्ने निर्णय बैठकले गरेको छ ।
सुन तस्करी जाँच बुझ गर्न गठन भएको आयोगमा थप चार जना कर्मचारी थप्ने प्रस्तावलाई मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ । जसमा राजपत्रांकित द्धितीय श्रेणीको कर्मचारी, सरकारी वकिल, राजपत्रांकित द्धितीय श्रेणीको उपसचिव ९राजश्व०, प्रहरी नायव उपरीक्षक र राजपत्रांकित तृतीय श्रेणीको डाटा एनाइलाइटिस्ट थप हुने भएका छन् ।
मन्त्रिपरिषद्ले उर्जा सचिव दिनेशकुमार घिमिरेले दिएको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी वकिल र महान्यायाधिवक्ता विभाजन आवश्यक
-
नारायणगढ–बुटवल सडक विस्तार सुस्त, तीव्रता दिन हान गण्डकीको माग
-
क्यान्सरको फलोअपमा गएका राप्रपा महामन्त्री धवल शमशेर राणाको रिपोर्ट ‘अल क्लियर’
-
संसद्मा प्रधानमन्त्रीले आज गर्ने भनेको सम्बोधन स्थगित
-
गायक सुजनको साथमा पोखरा र धरानमा ‘ऊनको स्वीटर साँझ’ हुने
-
चुनावमा गरेको वाचा बिर्सिएको छैन : अध्यक्ष प्रचण्ड