इङ्ल्यान्डमा व्यावसायिक फुटबल खेल्ने दक्षिण एसियाली खेलाडीको सङ्ख्या निरन्तर बढ्दो

काठमाडौँ । इङ्गल्यान्ड र वेल्सका क्लबहरूबाट व्यावसायिक फुटबल खेल्ने दक्षिण एसियाका पुरुष खेलाडीहरूको सङ्ख्या निरन्तर बढिरहेको एक अध्ययनले देखाएको छ । लगातार दोस्रो वर्ष यो सङ्ख्यामा उल्लेख्य वृद्धि भएको प्रोफेसनल फुटबलर्स एसोसिएसनद्वारा तयार पारिएको तथ्याङ्कले देखाएको छ ।
यो वर्ष दक्षिण एसियाली राष्ट्रका १७ वर्षभन्दा माथिका २२ जना खेलाडीले विभिन्न क्लबबाट इङ्ल्यान्डको व्यावसायिक लिग खेलेको बताइएको छ । यो तथ्याङ्कमा इङ्ल्यान्डको माथिल्लो चारवटा लिग खेल्ने खेलाडीहरूलाई मत्र समेटिएको छ ।
गत वर्षको तुलनामा यो सङ्ख्यामा २९ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्ष दक्षिण एसियाली राष्ट्रका १७ जना खेलाडीले इङ्ल्यान्डका विभिन्न क्लबबाट व्यावसायिक फुटबल खेलेका थिए । त्यसअघि सन् २०२१–२२ मा भने दक्षिण एसियाका १६ जना खेलाडीले मात्र इङ्ल्यान्डको व्यावसायिक लिग खेलेका थिए ।
प्रोफेसनल फुटबलर्स एसोसिएसनले सन् २०२१–२२ देखि नै यस्तो तथ्याङ्क संकलन गर्न थालेको हो । ‘इङ्ल्यान्डमा व्यावसायिक लिग खेल्ने दक्षिण एसियाली खेलाडीहरूको सङ्ख्या निरन्तर उकालो लागिरहेको देखिन्छ,’ प्रोफेसनल फुटबलर्स एसोसिएसनका कार्यकारी रिज रेहमान भन्छन् ।
रेहमानका अनुसार, इङ्ल्यान्डको लिगमा दक्षिण एसियाली खेलाडीहरूको प्रदर्शनसमेत सन्तोषजनक देखिएको छ । ‘दक्षिण एसियाका खेलाडीहरूको प्रदर्शन पनि सन्तोषजनक छ । आगामी दिनमा यसलाई अझ स्तरीय बनाउँदै लैजानु आवश्यक छ,’ उनले भनेका छन् ।
इङ्ल्यान्डको सबैस्तरको क्लबहरूबाट व्यावसायिक फुटबल खेल्ने दक्षिण एसियाली खेलाडीको सङ्ख्या भने यो वर्ष एक सय ३४ पुगेको छ । अघिल्लो वर्ष यो सङ्ख्यामा एक सय १९ रहेको थियो । इङ्ल्यान्डमा व्यावसायिक फुटबल खेल्ने खेलाडीको सङ्ख्या भने पाँच हजारको हाराहारीमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाका २९५ वडा सदस्यले लिए सामूहिक शपथ
-
विपिन जोशीको अवस्थाबारे यथार्थ जानकारी प्राप्त हुन सकेनः परराष्ट्रमन्त्री
-
आइतबारदेखि मौसम क्रमिक रूपमा सुधार हुने
-
जनकपुर भन्सारद्वारा २४ करोड ७३ लाख राजश्व सङ्कलन
-
सत्यराज आचार्य अब साहित्यकार ‘सराज’ पनि
-
मोटरसाइकलमा पछाडि बस्ने यात्रुले हेलमेट लाउनुपर्ने, बालबालिकालाई अगाडि राख्न निषेध