समाचार
धनकुटामा एकै परिवारका ३ जनाको शव फेला, एक छोरी सकुशल
बिहीबार, ०७ मङ्सिर २०८०, १० : ५१

विराटनगर । धनकुटा नगरपािलका १ निगालेमा एकै परिवारका तीन जनाको शव फेला परेको छ । उक्त परविारको ६ वर्षकी एक छोरी भने सकुशल छिन् ।
३५ वर्षका टिकाराम गुरुङ, उनकी श्रीमती ३६ वर्षकी भीमा गुरुङ र १० वर्षका छोरा आयुष भने मृत फेला परेका हुन् । ६ वर्षकी छोरी आशिका भने सकुशल रहेको स्थानीयले बताएका छन् ।
उनीहरु आफ्नै घरभित्र मृत फेला परेका हुन् । प्रहरीले भने टिकारामले श्रीमती भीमा र छोरा आयुषको हत्या गरेपछि आफूले पनि आत्महत्या गरेको हुनसक्ने आशङ्का गरेको छ । प्रहरीले घटनास्थलमा अनुसन्धान गरिरहेको जनाएको छ । श्रीमान् श्रीमतीबीचको झगडाका कारण उक्त घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भैरहवामा विश्वशान्तिको कामना गर्दै मनाइयो हनुमान् जयन्ती
-
कृषि उपजको बजारीकरणका लागि कृषि एम्बुलेन्स सञ्चालन
-
प्रकृति
-
तामाङ समुदायमा चैत्र शुक्ल पूर्णिमा : बौद्धमा बत्ती बालेर बालाजुमा स्नान
-
पूर्वराजालाई संसदीय समितिमा बोलाउन मिल्छ ? के भन्छन् वरिष्ठ अधिवक्ता भट्टराई ?
-
उत्तरप्रदेशका मुख्यमन्त्री दूतावास गएका होइनन्, राजदूतले भेट्दा कुरा भएको हो : देउवा