रौतहटमा दुई समूहबिच ग्याङ फाइट, ३ जना घाइते

रौतहट। रौतहटको कटहरियामा दुई युवा समूहबिच ग्याङ फाइट हुँदा तीनजना गम्भीर घाइते भएका छन्। बुधवार राति करीब ८ बजे कटहरिया नगरपालिका भवन छेउमा विवेक जैसवाल र अन्जित कुमार साह नेतृत्वको युवा समूहबिच ग्याङ फाइट भएको थियो।
ग्याङ फाइटमा फलामको रड, कैँचीलगायत प्रयोग गरिएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन्। ग्याङ फाइटमा २० वर्षीय विवेक जैसवाल पछाडिबाट घाँटीमा कैँची प्रहारबाट गम्भीर घाइते भएका छन्। त्यस्तै अर्को समूहका अन्जित कुमार साह र महेश कुशवाहा टाउकोमा फलामको रड प्रहारबाट घाइते भएका छन् ।
उनीहरूको कटहरियामा सामान्य उपचारपछि थप उपचारको लागि राति नै वीरगन्ज पठाइएको थियो । घाइतेहरूको वीरगन्ज स्थित सूर्या अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। सूर्या अस्पतालका डाक्टर सरोज कुमार सिंहले घाइतेहरू खतरामुक्त रहेको बताएका छन् ।
आइतबार साँझ छठ पर्वको अवसरमा पूजा गर्न जाँदा कटहरिया–५ लालबकैया नदी किनारमा विवेक र अन्जितबिच सामान्य भनाभन भएको थियो। त्यसको भोलिपल्ट गत सोमबार पिकनिक मनाउन जाँदा पनि उनीहरू बिच पुनः भनाभन भएको थियो। सोही विषय लिएर बुधवार साँझ दुवै समूह बिचको विवाद हुँदै ग्याङ फाइटमा परिणत भएको इलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख सई रामाछवेला यादवले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली जनप्रगतिशील मञ्च जापानको साधारणसभा तय
-
महान्यायाधिवक्ताको कार्यालयले दिएन रेखा शर्मा प्रकरणको सूचना
-
नेमकिपाको नयाँ नेतृत्व चयन मङ्गलबार
-
सर्लाहीको चक्रघट्टामा स्कारपियो पल्टिँदा चालकको मृत्यु
-
रुपन्देही सुनगाभा सैनामैना गोल्डकप : मुर्गिया फुटबल क्लबको विजयी सुरुवात
-
सल्लाघारी कन्सर्टमा आउन बालेनलाई गायक सुशान्त केसीको निम्तो