ताप्लेजुङमा आइटी एकेडेमी स्थापना

ताप्लेजुङ । समुदायलाई सूचना प्रविधिसम्बन्धी सीप प्रदान गर्दै रोजगारी सृजना गर्ने उद्देश्यले ताप्लेजुङमा आइटी एकेडेमी स्थापना गरिएको छ । ह्युमन प्राक्टिस फाउण्डेशन (एचपिएफ) को समन्वय र दाताको आर्थिक सहयोगमा सदरमुकामस्थित भानुजन माध्यामिक विद्यालय परिसरमा आइटी एकेडेमीको स्थापना गरिएको हो ।
आइटी एकेडेमीको भवन निर्माण सम्पन्न भएसँगै सूचना प्रविधिसम्बन्धी प्रशिक्षण प्रारम्भ भएको छ । मुख्य लगानीकर्ता डेनमार्कका वाल्डेमार स्मिथले भवनको उद्घाटन सँगै समुदायलाई हस्तान्तरण गरे । आइटी एकेडेमी स्थापनामा रु पाँच करोड ६९ लाख ५१ हजार तीन सय ६२ लगानी भएको छ । भानुजन माध्यामिक विद्यालयले करिब रु एक करोड १० लाख लगानी गरेको छ ।
उद्घाटन कार्यक्रममा वाल्डेमार स्मिथले आइटी एकेडेमीले रोजगारलगायतका अवसर सृजना हुनुका साथै समृद्ध समाज निर्माणमा सहयोग पुग्नेमा विश्वास व्यक्त गरे । उनले लगानीका लागि अन्य दातासँगसमेत समन्वय गरेका थिए । हाल उक्त एकेडेमीमा ग्राफिक्स डिजाइन र डिजिटल मार्केटिङका कक्षा सञ्चालनमा छन् भने भविष्यमा अन्य आइटीसम्बन्धी कोर्षसमेत सञ्चालनमा ल्याउने तयारी भएको एकेडेमीका प्रमुख वसन्त पालुवाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रिंकु र प्रकृतिका लागि न्याय माग्दै सिराहामा प्रदर्शन
-
गुल्मीको इस्मा गाउँपालिकामा कपडा बैङ्क स्थापना
-
फिल्म ‘लाज शरणम’को जाँचपछि सेन्सर बोर्डले के भन्यो ?
-
किन पर्यो नेपाल ‘ग्रे लिष्ट’मा, यसले कस्तो प्रभाव पर्छ ?
-
सार्कलाई रोक्नका लागि को जिम्मेवार हो,दक्षिण एसियामा सबैलाई थाहा छ : भारतीय विदेश मन्त्रालय
-
गण्डकी सरकारका काममा सत्तारुढ सांसद नै असन्तुष्ट