काठमाडौँसहित विभिन्न जिल्लामा ५ जनाको शव फेला
_VzNHcJJrGD.jpg)
काठमाडौँ । काठमाडौँ महानगरपालिका–३ लाजिम्पाटस्थित बाटोमा अन्दाजी ४० वर्षीय जीते राई आज मृत अवस्थामा फेला परेका छन् । यसैगरी काठमाडौँ महानगरपालिका–८ गौशाला चोकस्थित भुना गेष्ट हाउसमा सोमबारदेखि बस्दै आएका रौतहट घर भएका २४ वर्षीय कुन्दन साह बसेकै कोठामा आज मृत अवस्थामा फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
सुनसरी, बराहक्षेत्र नगरपालिका–४ धनपुरी बस्ने ४८ वर्षीय अमरलाल सदा सोही ठाउँस्थित माछा पोखरीमा आज मृत अवस्थामा फेला परेका छन् । मङ्गलबार राति घरबाट हिँडेका उनको खोजी गर्ने क्रममा शव फेला परेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका–६ मट्यारीस्थित सरस्वती सामुदायिक वनमा नाम, थर, वतन नखुलेकी अन्दाजी २५ वर्षीया महिला आज मृत अवस्थामा फेला परेकी छिन् ।
चितवन, खैरहनी नगरपालिका–९ नमुना टायर सोलिङ ग्यारेजको साइडको झाडीमा नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरूष आज मृत अवस्थामा फेला परेका छन् । सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रधान कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएलमा मुम्बई इन्डियन्सको चौथो हार, बैंग्लुरु तेस्रो स्थानमा यथावत
-
डढेलोले सखाप हुँदै जङ्गल
-
काठमाडौँमा शिक्षकको आन्दोलन, गोरखाका जनप्रतिनिधि सङ्घ सरकारसँग रिसाए
-
तीनकुनेको प्रदर्शनमा आगजनी र तोडफोड गरेको आरोपमा थप ६ जना पक्राउ
-
मौसम खराब भएपछि छेन्दुबाट पोखरामा हुने उडान रद्द
-
जिमेलमा अश्लील तस्बिर राख्दा खुल्यो पोल, यसरी पक्राउ परे छोरीमाथि यौन दुर्व्यवहार गर्ने बाबु