बढुवा भएका पाँच एसएसपीलाई दर्ज्यानी चिन्ह प्रदान
बुधबार, ०६ मङ्सिर २०८०, २१ : ०७

काठमाडौँ । नेपाल प्रहरीका पाँच जना प्रहरी वरिष्ठ उपरीक्षकहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित समारोहमा प्रहरी महानिरीक्षक वसन्त कुँवरले बढुवा भएका एसएसपीहरुलाई दर्ज्यानी चिन्ह लगाइदिएका हुन् ।
कार्तिक २४ मा बढुवा समितिले एसएसपीमा बढुवा गर्न सिफारिस गरेको थियो । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले उनीहरुको बढुवाको निर्णय गरेका हुन् । वरिष्ठ उपरीक्षकमा बढुवा हुनेहरुमा वसन्त रजौरे, रबि कुमार पौडेल, नबिनराज राई, वीर बहादुर ओली र चन्द्रदेव राई छन् ।
पदोन्नति भएका एसएसपी वसन्त रजौरेले पदोन्नतिबाट प्राप्त जिम्मेवारीलाई राष्ट्र, समाज र नागरिकको हितमा समर्पित भएर अझ उत्कृष्ट ढंगले कर्तव्य निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुससँग सम्झौता गर्नुअघि जेलेन्स्कीले दिए ट्रम्पलाई युक्रेन भ्रमणको निम्तो
-
संरक्षणवादले ‘गन्तव्यमा पुगिँदैन’ : चिनियाँ राष्ट्रपति सी
-
छोटिँदै संवाद र बिग्रँदै सम्बन्ध
-
फोर नेसन्स कप बक्सिङमा नेपाललाई ४ स्वर्ण
-
सगरमाथा आरोहणका लागि खुम्बु आइसफलको बाटो तयार
-
गाउँपालिकाका कर्मचारी सवार गाडी दुर्घटना हुँदा ११ जना घाइते