नगरपालिकाको ताला फुटाएर प्रमुख प्रशासकीय अधिकृतले सम्हाले जिम्मेवारी

रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिकाको मूल गेटमा लगाइएको ताला फुटाएर बुधबार प्रमुख प्रशासकीय अधिकृतको रूपमा उपसचिव सुरेन्द्र प्रधानलाई हाजिर गराइएको छ ।
कार्यवाहक मेयर अम्बेया खातुनको पहलमा प्रहरी प्रशासन तथा जनप्रतिनिधिको रोहवरमा नगरपालिका कार्यालयको गेट ताला फुटाएर खोलिएको हो ।
प्रमुख प्रशासकीय अधिकृत प्रधानले बिहीबारदेखि नै सामाजिक सुरक्षा भत्ता पठाउन सुरु गर्ने र एक महिनाभित्र नगरको सम्पूर्ण समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत असोज २६ गतेनै फतुवा विजयपुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा उपसचिव सुरेन्द्र प्रधानलाई जिम्मेवारी दिएर पठाएको थियो ।
मन्त्रालयको चिठी सहित हाजिर हुन गएका प्रधान नेपाली कांग्रेसबाट निर्वाचित वडा अध्यक्षहरुको विरोधका कारण हाजिर हुन सकेका थिएनन् । फतुवा विजयपुरमा कोरोनाकालमा प्रमुख प्रशासकीय अधिकृत हुँदा प्रधानले विभिन्न शीर्षकमा लाखौँ रुपैयाँ अनियमितता गरेको भन्दै केही वडा अध्यक्षले विरोध जनाएका थिए ।
कार्यवाहक मेयर खातुन र केही वडा अध्यक्षबिच प्रमुख प्रशासकीय अधिकृतकै विषयलाई लिएर तनाव बढेपछि असन्तुष्ट वडा अध्यक्षहरुले दसैँ अगाडि नै नगरपालिकाको कार्यालयमा तालाबन्दी गराएको वडा नम्बर ६ का अध्यक्ष सञ्जय यादवले बताए ।
कार्यवाहक मेयर खातुन र केही वडा अध्यक्षबिच तालमेल नमिलेका कारण असार १० गतेभित्र हुनुपर्ने नगरसभा झण्डै ६ महिना बित्नलाग्दासम्म हुन सकेको छैन । हालसम्म नगरसभा नभएका कारण नगरपालिकाको सम्पूर्ण आर्थिक कारोबार ठप्प भएर झण्डै तीनसय ५० जना शिक्षक कर्मचारीले गत साउनदेखि तलब पाउन सकेका छैनन् । यसका अतिरिक्त समाजिक सुरक्षा भत्ता वितरणसमेत हुन सकेको छैन ।
फतुवा विजयपुर नगरपालिकास्थित लालबकैया नदीको टेन्डरमा मेयर गोपाल राय यादव दोषी ठहर भएपछि खातुनले कार्यवाहक मेयरको जिम्मेवारी सम्हाल्दै आएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय सेनाका ६ जना पूर्व स्थल सेनाध्यक्ष नेपालमा
-
प्रचण्ड नेतृत्वको सरकारका कारणले नेपाल ग्रे लिष्टमा पर्यो : मन्त्री गुरुङ
-
मन्दिर सफा गर्न पानी बोकेको ट्यांकर भासियो
-
समय गुजार्दै कांग्रेसका भ्रातृ संस्था, चैत मसान्तभित्र गर्लान् महाधिवेशन ?
-
स्वास्थ्य सचिव देवकोटा कि मिश्र भन्नेमा कांग्रेसमै दुई धार
-
बीपी राजमार्ग पुनर्निर्माणमा जाइका अनिर्णीत