काठमाडौँ प्रहरीले भन्यो–मंसिर ७ को लागि सुरक्षा व्यवस्था मजबुत बनाएका छौँ

काठमाडौँ । मंसिर ७ गतेको विरोध प्रदर्शनलाई लिएर नेपाल प्रहरीले सुरक्षा व्यवस्था मजबुत बनाएको जनाएको छ ।
मंसिर ७ गते नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपाल र व्यवसायी दुर्गा प्रसाईंले गर्ने विरोध कार्यक्रमका लागि सुरक्षा कडा पारिएको काठमाडौँ प्रहरी प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भूपेन्द्र खत्रीले बताएका हुन् । उनले विरोध प्रदर्शनबाट हुनसक्ने सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गरी एकीकृत सुरक्षा योजना तयार पारेको बताए ।
न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले आम सर्वसाधारणको दैनिकीलाई पनि सहजीकरण गर्नको लागि सवारी आवागमनलाई सहज बनाउने योजनाअनुसार सुरक्षा निकाय अघि बढेको बताए । उनले नागरिकहरुलाई कुनै डर र त्रास नलिकन आफ्नो दैनिकी बिताउन आग्रह गरे । उनले यातायातको आवागमनमा भने केही समस्या भएपनि त्यसको लागि पनि ट्राफिक प्रहरीसँगको समन्वयमा व्यवस्थापन गर्ने बताए । उनले मंसिर ७ गतेको प्रदर्शनमा प्रहरी प्रशासन प्रभावकारी रुपमा अघि बढ्ने गरी योजना बनाइएको बताए ।
उनले काठमाडौँका ९० भन्दा बढी ठाउँमा सुरक्षा प्रबन्ध गरिसकेको र प्रभावकारी रुपमा सुरक्षा व्यवस्थालाई अघि बढाइएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुससँग सम्झौता गर्नुअघि जेलेन्स्कीले दिए ट्रम्पलाई युक्रेन भ्रमणको निम्तो
-
संरक्षणवादले ‘गन्तव्यमा पुगिँदैन’ : चिनियाँ राष्ट्रपति सी
-
छोटिँदै संवाद र बिग्रँदै सम्बन्ध
-
फोर नेसन्स कप बक्सिङमा नेपाललाई ४ स्वर्ण
-
सगरमाथा आरोहणका लागि खुम्बु आइसफलको बाटो तयार
-
गाउँपालिकाका कर्मचारी सवार गाडी दुर्घटना हुँदा ११ जना घाइते