शनिबार, १५ मङ्सिर २०८१
ताजा लोकप्रिय

प्रदेश सांसद सञ्जिलाकुमारी यादवले लिइन शपथ

बुधबार, ०६ मङ्सिर २०८०, १९ : ०६
बुधबार, ०६ मङ्सिर २०८०

काठमाडौँ । मधेस प्रदेशसभा सदस्य सञ्जिलाकुमारी यादवले शपथ लिएकी छन् । बुधबार मधेस प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले यादवलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । 

विन्दुकुमारी यादवको गत भदौमा निधन भएपछि रिक्त स्थानका लागि निर्वाचन आयोगले सिरहा निवासी यादवलाई निर्वाचित गरेको थियो ।

यादव जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय सदस्य एवं समाजवादी महिला संघ मधेस प्रदेश समितिकी अध्यक्ष समेत हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप