बाबुरामको नेतृत्वमा एकता संयोजन समिति बनाउने नेसपाको निर्णय

काठमाडौँ । नेपाल समाजवादी पार्टी(नेसपा)ले माओवादी केन्द्रसहित बृहत् समाजवादी केन्द्र निर्माणका लागि अध्यक्ष डा. बाबुराम भट्टराईको नेतृत्वमा एकता संयोजन समिति बनाएको छ ।
बुधबार भक्तपुरको जडिबुटीमा बसेको केन्द्रीय समिति बैठकले माओवादी केन्द्र लगायतका विचार, राजनीति मिल्ने राजनीतिक शक्तिहरूसँग एकता/ध्रुवीकरण गर्न संयोजन समिति बनाउने निर्णय गरेको हो ।
समितिमा अर्का अध्यक्ष महिन्द्र राय यादव, सहध्यक्ष गंगानारायण श्रेष्ठ, उपाध्यक्ष दुर्गा सोव, महासचिव रमेशप्रसाद यादव, कार्यकारिणी सदस्य जनकराज शाह रहने छन् । यस्तै बैठकले संगठन निर्माण, सुदृढीकरण गर्न यसअघि सञ्चालन भएको अभियान तीन महिना थपेको छ । वैशाखमा राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ ।
यस्ता छन् केन्द्रीय समितिका निर्णयहरू:
-बृहत् समाजवादी केन्द्र निर्माणका लागि नेकपा (माओवादी केन्द्र) लगायतका विचार, राजनीति मिल्ने राजनीतिक शक्तिहरूसँग एकता/ध्रुवीकरण गर्दै जान पार्टी अध्यक्ष डा. बाबुराम भट्टराईको संयोजकत्वमा अर्का अध्यक्ष महिन्द्र राय यादव, सहध्यक्ष गंगानारायण श्रेष्ठ, उपाध्यक्ष दुर्गा सोव, महासचिव रमेशप्रसाद यादव, कार्यकारिणी सदस्य जनकराज शाह रहने पार्टी एकता/ध्रुवीकरण संयोजन समिति बनाउने निर्णय भयो ।
संगठनात्मक कार्ययोजना
क) संगठन निर्माण तथा बिस्तार अभियानको समयावधि २ महिना थप गरी फागुन मसान्तसम्म पुर्याउने ।
ख) सबै स्थानीय तहहरूको बैठक, समिति गठन र पुनर्गठन पुस मसान्तसम्म गरिसक्ने ।
ग) मङ्सिर-पुसमा वडा र पालिकाहरूको भेला, सम्मेलन सम्पन्न गर्ने ।
घ) माघ-फागुनमा प्रदेशको सम्मेलन सम्पन्न गर्ने ।
ङ) वैशाखमा राष्ट्रिय सम्मेलन सम्पन्न गर्ने ।
-बैठकले २०८० कार्तिक १७ गते राति जाजरकोटको रामीडाँडा आसपास केन्द्र बनाई गएको भूकम्पमा ज्यान गुमाएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ । भूकम्पमा परी घाइते भएकाहरूको उपचार, भूकम्प पीडितलाई राहत र पुनर्स्थापनाका लागि नेपाल सरकारलाई अनुरोध गर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मिलोमतोमा स्थानीय तहलाई स-सर्त अनुदान वितरणमा माओवादी केन्द्रको ध्यानाकर्षण
-
७ वर्षीया नाबालिकामाथि बलात्कार गरेको आरोपमा १४ वर्षीय बालक पक्राउ
-
दोब्बरले बढ्यो भैरवस्थान मन्दिरको भेटी
-
अस्ट्रेलियाले मानेन ट्रम्प ट्यारिफविरुद्ध हात मिलाउने चीनको प्रस्ताव
-
२०८१ मा बढी कमाउने ४ फिल्म, कमाई कति ?
-
पछिल्लो २४ घण्टामा चट्याङबाट ५ जनाको मृत्यु