ओपनएआईको सीईओमा फर्किने भए स्याम अल्टम्यान
क्यालिफोनिर्या । च्याटजीपीटी बनाउने कम्पनी ओपनएआईमा ५ दिनयताको अनिश्चय र हाइ भोल्टेज ड्रामालाई अन्त्य गर्दै कम्पनीको पूर्व कार्यकारी अधिकारी (सीईओ) स्याम अल्टम्यानले कम्पनीमा पुनरागमन गर्ने भएका छन् । बुधबार कम्पनीले बताएअनुसार बर्खास्त गरिएका सीईओ अल्टम्यानलाई पुनःस्थापित गरिने निर्णय भएको हो । कम्पनीको सञ्चालक समितिमा पनि व्यापक हेरफेर हुँदैछ ।
सञ्चालक समितिले अल्टम्यानलाई पदच्यूत गरेपछि राजिनामा दिएका कम्पनीका सह–संस्थापक ग्रेग ब्रोकम्यान पनि कम्पनीमै फर्किने भएका छन् । ओपनएआईका सयौं कर्मचारीहरुले पुरानो सञ्चालक समितिलाई राजिनामा दिने दबाब दिँदै अल्टम्यान र ब्रोकम्यानलाई कम्पनीमा नल्याएदेखि राजिनामा दिएर माइक्रोसफ्टमा जाने धम्की दिएपछि उनीहरुलाई फिर्ता ल्याउन कम्पनी बाध्य भएको हो ।
अल्टम्यानलाई कम्पनीका सीईओको रुपमा फिर्ता ल्याउने विषयमा आफूहरु सैद्धान्तिक सहमतिमा पुगेको ओपनएआईले माइक्रोब्लगिङ वेबसाइट एक्सको एउटा पोष्टमा भनेको छ । यसको साथमा ब्रेट टेलरको अध्यक्षतामा नयाँ सञ्चालक समिति पनि गठन गरिने भएको छ । कम्पनीको सञ्चालक समितिका नयाँ अध्यक्ष सेल्सफोर्सका पूर्व–सीईओ टेलर छन् । अन्य दुई सदस्यहरु भने अमेरिकाका पूर्व अर्धमन्त्री ल्यारी समर्स र प्रश्नको उत्तर दिने वेबसाइट क्वराका सीईओ एडम डी’एन्जेलो छन् । यसअघिको सञ्चालक समितिबाट नयाँ समितिमा पर्ने डी’एञ्ेलो एक मात्रै सदस्य हुन् ।
आइतबार मात्रै अल्टम्यान र ब्रोकम्यानलाई माइक्रोसफ्टले आफ्नो नयाँ एआई टिमको नेतृत्वको लागि नियुक्त गरेको थियो । यद्यपि, अल्टम्यान ओपनएआईमा फर्किन सक्ने सम्भावनालाई माइक्रोसफ्टका सीईओ सत्य नदेल्लाले अस्वीकार भने गरेका थिएनन् । गएको शुक्रबार ओपनएआईको सञ्चालक समीतिले अल्टम्यानलाई अचानक बर्खास्त गरेको थियो । आज बिहान ब्रोकम्यानले एक्समा एउटा पोष्ट गर्दै आफूहरु फेरि ओपनएआईमै फर्किन लागेको अनि रातिदेखि कोडिङको काम सुरु गर्ने बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनलाई जिते जित : आचार्य महाप्रज्ञले मनलाई देखाएको बाटो
-
कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
-
स्याउ किसानसँग मुख्यमन्त्री : किसानका गुनासै गुनासा, सक्दो सहयोग गर्ने प्रतिबद्धता
-
३४ बिरामीको घुँडाको शल्यक्रिया
-
मुक्तिनाथ पुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी
-
गणतन्त्र सेनानी कोषले १५ जना योद्धाहरूलाई सम्मान गर्दै