शाहरुख भारतको सबैभन्दा ठुलो स्टार, आलिया दोस्रो स्थानमा

नयाँ दिल्ली । बलिउडका बादशाह शाहरुख खान २०२३ का लागि भारतका सर्वाधिक चर्चित स्टार बनेका छन् । इन्टरनेट मुभी डेटाबेस (आईएमडीबी) ले बुधवार सार्वजनिक गरेको सूचीमा उनी भारतका सर्वाधिक चर्चित स्टार सूचित भएका हुन् ।
यो वर्ष शाहरुखका लागि निकै फलदायक रह्यो । उनको दुई ओटा फिल्म ब्याक–टु–ब्याक ब्लकबष्टर बने । यी दुवै फिल्मले बक्स अफिसमा कयौं रेकर्ड तोडे । उनको पठान र जवानले विश्वभर २२ अर्ब भारुभन्दा धेरै कमायो । यो वर्ष उनको तेस्रो फिल्म डंकी डिसेम्बरमा रिलिज हुँदै छ ।
आईएमडीबीको शीर्ष १० मा जवानमा शाहरुखका दुई को–स्टार पनि छन् । तमिल स्टार विजय सेतुपति शीर्ष १० औं स्थानमा छन् भने नयन तारा पाँचौं स्थानमा छिन् । यो वर्ष सेतुपतिका लागि भ्याइ नभ्याइको वर्ष रह्यो । उनी फर्जी र अन्य पाँच फिल्ममा देखिए । नयन तारा भने यो वर्ष जवानकै छायाँमा परिन् । जवानले उनलाई बलिउडमा स्थापित गराउने आशा गरिएको भए पनि यो फिल्म नयन तारा र शाहरुखको फिल्म नभएर शाहरुख र दीपिकाको फिल्म बनिदियो ।
सूचीको दोस्रो स्थानमा आलिया भट्ट छिन् । यो वर्ष आलियाले हलिउड डेब्यू गरेकी थिइन् । उनको करियरको सबैभन्दा ठुलो हिट फिल्म रकी और रानीकी प्रेम कहानी पनि यही वर्ष आएको थियो । तेस्रो स्थानमा दीपिका पादुकोण छिन् । पठानमा सहायक भूमिका र जवान एक्सटेन्डेड क्यामिओकै कारण सूचीमा उनले छलाङ मारिन् । जुब्ली, चार्लि चोपरा, खुफीया लगायतमा मुख्य भूमिकाबाट चर्चा पाएकी वमिका गाबी आईएमडीबीको चौथो स्थानमा रहिन् । छैंठौ स्थानमा अभिनेत्री तमन्ना भाटिया छिन् । तमिलको ब्लकबष्टर फिल्म जेलर बाहेक पनि तमन्नाले तीन ओटा स्ट्रिमिङ प्रोजेक्टमा काम गरेकी थिइन् ।
जाने जानबाट स्ट्रिमिङ डेब्यु गरेकी करिना सूचीको आठौँ स्थानमा छिन् । अक्षयकुमार भने नवौँ स्थानमा रहे । गएको वर्षको आईएमडीबीको सूचीमा धनुष शीर्ष स्थानमा थिए । आलिया दोस्रोमै थिइन् । २०२२ को सूचीमा दक्षिण भारतीय फिल्म उद्योगका स्टारहरूको वचश्र्व थियो । सूचीमा जुनियर एनटीआर, रामचरण, सामन्था रुथ प्रभु, अल्लु अर्जुन र यशको बोलवाला थियो । यो वर्षको सूचीले भने आईएमडीबीमा बलिउडको पुनरागमनतर्फ सङ्केत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कम्युनिस्ट नेताहरूको छोराछोरी कहाँ कहाँ पढ्छन् सार्वजनिक गरौँ : सुदन किराती
-
नयाँ शक्तिद्वारा ९ जना केन्द्रीय सदस्य मनोनयन, क–कसले पाए महत्त्वपूर्ण जिम्मेवारी ?
-
पाथीभरा क्षेत्रमा भएको विवाद समाधान गर्न एमालेकाे माग
-
पाकिस्तानविरुद्ध भारतीय फास्ट बलर शामीले बनाए यस्तो खराब रेकर्ड
-
सिराहामा किशोरी मृत्यु प्रकरण : घटना ‘मिलापत्र’ गराउन खोज्ने ८ जना नियन्त्रणमा
-
एनआरएनए विवादमा सर्वोच्चको दुई पत्र : शेष घलेलाई कार्यालय बुझाउन निर्देशन (पत्रसहित)