डिजिटल प्रविधिको विकाससँगै पुस्तक पढ्नेहरुको कमी भयो : मेयर महर्जन

काठमाडौँ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले डिजिटल प्रविधिको विकाससँगै पुस्ताकालयमा पुस्तक पढ्नेहरुको कमी हुँदै गएको बताएका छन् । दक्षिण एसियाली पुस्तक प्रदर्शन, २०२३ मा आयोजित अन्तरसंवाद कार्यक्रममा बोल्दै प्रमुख महर्जनले यस्तो बताएका हुन् । पुस्तकालयमा गएर पुस्तक पढ्ने परम्परालाई डिजिटल प्रविधिले परिमार्जन गर्दै लगेको बताए ।
उनले ललितपुर महानगरले पुस्तकालयहरुलाई प्राथमिकतामा राख्ने गरेको बताए । उनले पुराना पुस्ताकालयहरुलाई पुनः स्थापनाको लागि महानगरले पूर्वाधार निर्माण गरी पुस्तकहरु थप्ने योजनामा रहेको बताए ।
महर्जनले पछिल्लो समय विगतको जस्तो पुस्तकको नाम नै तोकेर पुस्तक पढ्ने भन्ने प्रचलन हट्दै गएको बताए । उनले डिजिटल प्रविधिको कारण आवश्यक पुस्तक हातमा नै अध्ययन गर्न सकिने अवस्था आएकाले पुस्ताकालयमा गएर पुस्तक अध्ययन गर्नेहरुमा कमी आएको बताए ।
‘सामाजिक सञ्जाल तथा इन्टरनेटको माध्यमबाट अध्ययनको लागि आवश्यक पुस्तकहरु पाउने भएकाले पछिल्लो समय पुस्तकालयमा अथवा पुस्तक पढ्ने मानिसहरु क्रमश कम हुँदै गएको महशुस भएको छ’ उनले भने, ‘पहिला गोरखापत्र र कान्तिपुर पढ्न नपाउँदा निन्द्रा नलाग्ने मानिसहरु धेरै थिए । अहिले त्यो समय परिवर्तन भएको छ । पत्रिकाहरु पढ्न नपाएको भन्ने मानिसहरु कमै छन् । पत्रपत्रिकाको जस्तै पुस्तकमा पनि असर परेको छ । अमेरिकन पुस्तकालयहरुमा धेरै जाने गरेका थियौं । बाहिर पुस्तक किन्न पहुँच थिएन । तर अहिले इन्टरनेटका कारण कुनै पुस्तक पढ्न मन लाग्दा तत्काल हातमा भेटिन्छ ।’
महर्जनले ललितपुर महानगरपालिकाले पुस्तकालय बनाउने विषयमा पुनः जागरण ल्याउने काम गरिरहेको समेत बताए । उनले भने, ‘पुस्तक अध्ययन गर्ने परम्परा पनि प्रविधिमैत्री भइरहेको अवस्थामा पुस्तकको नाम तोकेर नै अध्ययन गर्ने भनेर आउनेहरु कम छन् । तर ललितपुर महानगरपालिकाले नगरपालिका भित्र रहेका पुस्ताकालयहरुलाई पुनः जागरण ल्याउने काम गरिरहेका छौं । पुस्ताकालय बनाउने विषयमा महानगरको प्राथमिकतामा छ ।’
उनले ललितपुर महानगरपालिकाले शिक्षा क्षेत्रमा राम्रो काम गरेकाले आफू दोस्रो पटक पनि निर्वाचित भएर आएको दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्मेटिक,फुड्स सप्लिमेन्ट आयात तथा उत्पादकलाई सात दिनभित्र विभागमा उपस्थित हुन निर्देशन
-
दुर्गा प्रसाईं र महेश बस्नेतले एक अर्का विरुद्ध हालेको गाली बेइज्जती मुद्दा हेर्दाहेर्दैमा
-
आन्दोलनरत शिक्षकहरूको नारा – पुरानो ऐन चाहिँदैन, शिक्षक पिट्न पाइँदैन
-
तीनकुने घटनामा पक्राउ परेका ४० जनालाई थप १० दिन हिरासतमा राख्न अनुमति
-
कारखानामा यसरी बन्दै थियो पनिर, देखेर अधिकारीहरू पनि छक्क परे
-
अवैध रूपमा आयात गरेको एप्पल चामल सिल