भैरहवा विमानस्थल सञ्चालनको वातावरण बनाउन अध्यक्ष मल्लको आग्रह

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन सरोकारवालाको ध्यानाकर्षण गराएका छन् । रुपन्देहीको भैरहवामा बुधबारदेखि सुरु छैटौँ लुम्बिनी प्रादेशिक महोत्सवलाई सम्बोधन गर्दै अध्यक्ष मल्लले विमानस्थल सञ्चालनमा आउन नसक्दा निजी क्षेत्रको अर्बौँ रुपैयाँ लगानी जोखिममा परेको बताए । उनले भने, ‘विमानस्थल निर्माण सम्पन्न भएर पनि सञ्चालनमा आउन सकेको छैन, अहिले निजी क्षेत्रको मात्र हैन सरकारकै लगानी पनि जोखिममा परेको छ ।’
विमानस्थल सञ्चालनसँगै गौतमवुद्ध जन्मस्थल लुम्बिनीलाई अन्तर्राष्ट्रिय पर्यटकको आकर्षण केन्द्र बनाउनुपर्नेमा अध्यक्ष मल्लले जोड दिए । उनले भने, ‘विमानस्थल बनेपछि , व्यावसायिक गतिविधि बढ्ला भनेर आसपासमा करोडौँ रुपैयाँ लगानी गरेकाहरूको लगानी जोखिममा परेको छ । यतातर्फ सरकार र सम्बन्धित सबै निकायको ध्यान जान जरुरी छ, ।’ अर्को प्रसङ्गमा अध्यक्ष मल्लले सार्वजनिक निजी साझेदारी मार्फत भैरहवा सेजलाई सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिए ।
मुलुककै सबैभन्दा धेरै राजश्व सङ्कलन गर्ने भन्सार नाका मध्ये रुपन्देही पनि एउटा भएको भन्दै उनले खुला सीमाको फाइदा उठाएर हुने अवैध व्यापारलाई भने नियन्त्रण गर्नुपर्नेमा जोड दिए । रुपन्देहीमा स्थानीय उद्योग, व्यापार, कृषि तथा पर्यटकीय गतिविधि विस्तारका लागि महोत्सव निकै फलदायी भएको अध्यक्ष मल्लको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्दोलनको स्वरूप परिवर्तन गर्न विद्यालय व्यवस्थापन समिति महासङ्घको आग्रह
-
विद्यालय खोल्न अभिभावक आन्दोलनमा
-
घनश्यामको टिप्पणीप्रति वाइसिएल अध्यक्ष शेर्पालीको आपत्ति
-
घुस सहित पक्राउ परेका पोखरा महानगरका कर्मचारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर
-
महालक्ष्मी विकास बैंक बन्यो सबैभन्दा कम कोष लागत भएको विकास बैंक
-
प्रचण्ड–माधवलाई ओलीको चेतावनी– डम्बरुमाथि खतरा आए बघिनीले झाप्पु हान्छ