हेटौँडा सिमेन्ट उद्योगको अवस्था सुधार्न संघीय सरकारसँग पहल गर्छु : मन्त्री चित्रकार

काठमाडौँ । बागमती प्रदेशका उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले हेटौँडा सिमेन्ट उद्योगको अवस्था सुधारका लागि संघीय सरकारसँग पहल गर्ने बताएका छन् । पछिल्लो समयमा धराशायी बन्दै गएको उक्त सिमेन्ट उद्योगको पुनः जागरणका लागि संघीय सरकारसँग पहल गर्ने बताएका हुन् ।
बुधवार हेटौँडा सिमेन्ट उद्योगको स्थलगत अनुगमन गर्दै मन्त्री चित्रकारले उत्पादन र रोजगारी सृजना गर्ने उद्योगहरूविना समस्या पूर्ण क्षमतामा चल्ने वातावरण बनाउनुपर्ने बताए । उद्योगको अवस्था सुधारका लागि प्रदेश सरकारले संघीय सरकारसँग समन्वय गरेर समस्या समाधानमा पहल गर्ने उनले बताए ।
‘हेटौँडा सिमेन्ट उद्योगको अवस्था जीर्ण बन्दै गएको छ । पुरानो टेक्नोलोजी र विभिन्न समस्याका बिचबाट उद्योग गुज्रिरहेको छ । उद्योगको अवस्था सुधारका लागि हामी पहल गर्ने उद्देश्यअनुसार अनुगमन गरेका छौँ’ उनले भने, ‘उद्योगको अवस्था सुधारका लागि संघीय सरकारसँग पहल गर्नेछौ । हामीले गर्नुपर्ने प्रयास हामीबाट हुन्छ । उद्योग कुनै समस्या विहीन अवस्थामा चल्नुपर्छ । हाम्रो प्रयास पनि समस्या समाधान गरेर उद्योग पूर्ण क्षमतामा चलाउने हो । त्यसका लागि प्रदेश सरकार गम्भीर छ । सोहीअनुसार संघीय उद्योग मन्त्री र सचिवसँग नियमित छलफल भइरहेको छ ।’
संविधानले उद्योगको व्यवस्थापनका अधिकारहरू प्रदेश मातहत रहने व्यवस्था गरेको भए पनि कानुन अभावका कारण अधिकार प्राप्त हुन नसकेको बताए । उद्योगहरूको अवस्थाका विषयमा जानकार हुँदा हुँदै पनि अधिकार प्राप्त नहुँदा प्रदेश सरकारले धराशायी र जीर्ण बनेका उद्योगहरूको अवस्था सुधारका लागि ठोस पहल गर्न नसकेको उनको भनाई छ ।
अधिकार र कानुनी विषयहरूका विषयमा संघीय सरकारसँग नियमित रुपमा छलफल भएको र छिट्टै समाधान हुने उनले विश्वास व्यक्त गरे । मन्त्री चित्रकारले उद्योगको अधिकार संघबाट प्रदेशमा प्राप्त हुने हो भने जुनसुकै मोडलबाट हेटौँडा सिमेन्टसहित अन्य जीर्ण र रुग्ण उद्योग सञ्चालनका लागि प्रदेश सरकार तयार रहेको बताए ।
पछिल्लो समय कोइला अभावमा हेटौँडा सिमेन्ट उद्योग पटक–पटक बन्द हुँदै आएको छ । उद्योग बन्द हुँदा उत्पादन हुन सकेको छैन भने उद्योग प्रत्येक वर्ष घाटामा सञ्चालन भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्ध अन्त्य ‘निकै टाढा’ भनी जेलेन्स्कीले दिएको अभिव्यक्तिमाथि खनिए ट्रम्प
-
आफ्नै जमिन नहुनेहरुका लागि अल्लो बन्यो उद्यम
-
विराट गोल्डकप फुटबलः पहिलो खेलमा मोरङ एफए विजयी
-
१२ बजे, १२ समाचार : महान्यायाधिवक्ता कार्यालयले दिएन रेखा शर्मा प्रकरणको सूचनादेखि हृदयाघात भएका पूर्वयुवराज पारस शाह आइसीयुमासम्म
-
केपी ओली कप फुटबल : मछिन्द्रका सनिश सर्वोत्कृष्ट खेलाडी
-
नेपाली जनप्रगतिशील मञ्च जापानको साधारणसभा तय