पाटन अस्पतालमा जेष्ठ नागरिक मृत्यु प्रकरण : अनुसन्धान जारी

काठमाडौँ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले २ जना जेष्ठ नागरिकको मृत्यु प्रकरणबारे अनुसन्धान जारी रहेको जनाएको छ । सो अस्पतालमा कात्तिक १८ गते ललितपुरका ६८ वर्षीय कृष्णबहादुर नगरकोटी र ओखलढुंगाकी ९० वर्षीय जनमाया राईको मृत्यु भएको थियो ।
उनीहरुको मृत्यु हुनुभन्दा केही समय अगाडि लगाइएको सुईमार्फत दिइएको औषधिबाट ज्यान गएको भन्दै आफन्तले उजुरी दिएका थिए । सोही उजुरीको आधारमा उपचारमा संलग्न चिकित्सक र नर्सहरूको प्रहरीले बयान लिइसकेको निर्देशक डा.रवि शाक्यले बताए ।
‘सत्यतथ्य अनुसन्धानपछि विज्ञ समूहले यदि अस्पतालको कमजोरीका कारण बिरामीको मृत्यु भएको प्रमाणित भएमा अस्पताल कानुन अनुसार कारबाही भोग्न तयार हुन्छ’ उनले भने, ‘देशको कानुनी संयन्त्रले नै न्याय दिओस् भनेर हामी पर्खाइमा छौँ ।’
सो घटनालगत्तै मृतकका आफन्तले आक्रमण गरेको भन्दै चिकित्सक र नर्सहरूले ५ दिनसम्म आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेका थिए । तर केस छानबिन प्रक्रियामा रहेको भन्दै चिकित्सकहरू काममा फर्किएको अस्पतालका निर्देशक डाक्टर शाक्यले बताए ।
‘आक्रमण भएपछि रुष्ट भएका रेसिडेन्ड डाक्टरहरू केस कानुनी प्रक्रियामा गएकाले काममा फर्किएका हुन्’ उनले भने, ‘चिकित्सकमाथि हातपात तथा दुर्व्यवहार गर्नेलाई पक्राउ पुर्जी जारी भएपछि डाक्टरहरूले आन्दोलन फिर्ता लिएका हुन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तौल घटाउनमा यसले गर्न सक्छ मद्दत
-
स्वास्थ्य बीमा कार्यक्रमबाट सरकार पछि हट्न खोजेको हो ?
-
एनसलको ‘सधैं अन रिन्यूअल प्याक’ सञ्चालनमा
-
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : फाइनलमा उत्कृष्ट खेल पस्कने दुवै टोलीका प्रशिक्षक र कप्तानको दाबी
-
नवलपरासीमा प्रहरीले गोली चलाएको भन्दै अमरेशकुमारले मागे सरकारको जवाफ
-
सरकारले काठमाडौँ महानगरलाई बन्धक बनायो : ज्ञानेन्द्र शाही