चार बुँदे सुझावसहित सेन्सर बोर्डलाई बालेनको पत्र

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले चलचित्र सेन्सर बोर्डलाई नेपालको स्वाधीनता र स्वाभिमानमा आँच आउने संवाद र दृश्य प्रसारणमा रोक लगाउन अनुरोध गरेका छन् । शाहले बोर्डलाई महानगरको तर्फबाट एक पत्र लेख्दै उक्त अनुरोध गरेका हुन् ।
‘चलचित्र विकास बोर्ड अन्तर्गत रहेको चलचित्र जाँच समितिले ‘चलचित्र (निर्माण, प्रदर्शन र वितरण) ऐन २०२६’ को दफा ७ को उपदफा (३) बमोजिम ‘चलचित्र जाँच समितिको कार्यविधि, २०७४’ कार्यान्वयनमा ल्याइ चलचित्र जाँच सम्बन्धी कार्यलाई एकरूपता दिई जबाफदेही र पारदर्शी बनाउने कार्यलाई निरन्तरता दिइरहेको छ’, पत्रमा अगाडि भनिएको छ, ‘यस निकायले गर्दै आएको कार्यले चलचित्रबाट समाजमा पर्ने नकारात्मक प्रभाव कम गर्नको लागि गरेको कामको लागि म व्यक्तिगत तर्फ र यस महानगरपालिकाको तर्फबाट धन्यवाद दिन चाहन्छु ।’
बालेनले चलचित्रले समाजमा पार्ने सकारात्मक प्रभाव उल्लेखनीय रहेको भन्दै चलचित्रको निर्माण तथा प्रदर्शनमा महानगरको सकारात्मक साथ रहने समेत बताएका छन् । उनले बोर्डलाई ४ बुँदे सुझाव समेत दिएका छन् ।
यस्ता छन् महानगरले दिएका ४ बुँदे सुझाव-
१.नेपालको मौलिकता,धर्म संस्कृति, इतिहास, नेपाल र नेपालीको स्वाधीनता र स्वाभिमानमा आँच आउने संवाद र दृश्य प्रसारणमा रोक लगाउने ।
२.पञ्चशीलता सिद्धान्त/ शान्ति प्रवर्धन, एक राष्ट्रले अर्को राष्ट्रको बारेमा नराम्रो चलचित्र बनाएको प्रसारणमा रोक लगाउने ।
३.कुनै धर्म विशेषले अर्को धर्म विशेषलाई अवहेलना गरेको दृश्य तथा संवाद प्रसारणमा रोक लगाउने ।
४.कुनै पनि जातजाति, वर्ण, समुदाय, लिङ्ग, तथा शारीरिक तथा मानसिक रूपमा फरक क्षमता भएका व्यक्तित्वको स्वाभिमानमा आँच आउने दृश्य तथा संवाद प्रसारणमा रोक लगाउने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिपरको ठक्करले मनाङमस्र्याङ्दी जलविद्युत् आयोजनामा चिनियाँ कामदारको मृत्यु
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वानदेखि सडक विभागका पूर्वमहानिर्देशकले ओगटेको जग्गा जफतसम्म
-
दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वान
-
नेपाल प्रहरीले भन्यो–‘दुर्गा प्रसाईंको खोजी हुँदैछ’
-
घाइते हात्ती बस्ती नजिक आउन थाले
-
चीनले गरेको विकास नेपालका लागि प्रेरणा : दिनानाथ शर्मा