चैत मसान्तसम्ममा चार हजार भन्दा बढी शिक्षकको पद रिक्त हुने

काठमाडौँ । आगामी चैत मसान्तसम्ममा देशभरबाट ४ हजार भन्दा बढी स्थायी शिक्षकको पद रिक्त हुने भएको छ । २०८० को वैशाखदेखि २०८० को चैतसम्म प्रावि, निमावि र मावि तहका ४ हजार ३२५ शिक्षकको पद रिक्त हुन लागेको हो । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले उक्त रिक्त पदको विवरण यकिन गर्न ७७ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइलाई परिपत्र गरेको छ ।
केन्द्रले सार्वजनिक गरेको विवरण अनुसार प्रावि तह तर्फ ३ हजार १७९ शिक्षक पद रिक्त हुनेछ । त्यस्तै निमावि तहमा ७४४ र मावि तहमा ४०२ पद रिक्त हुनेछ । निमावि तर्फ नेपाली विषयका ११३ जना शिक्षकको पद रिक्त हुनेछ । त्यस्तै अङ्ग्रेजीका १६४, गणितका १३६, गणित विज्ञानका ४०, विज्ञान १६९, सामाजिक अध्ययन ११९, ऐच्छिक प्रथमका १ गरी ७४४ शिक्षकको पद रिक्त हुन लागेको हो ।
त्यस्तै मावि तर्फ नेपालीका ६३ जना, अङ्ग्रेजीका ७०, गणितका ८७, विज्ञानका १०९, सामाजिक अध्ययनका ४७, ऐच्छिक प्रथम ९ र ऐच्छिक द्वितीय१७ गरी ४०२ शिक्षक पद रिक्त हुने केन्द्रले जनाएको छ ।
केन्द्रले सार्वजनिक गरेको विवरणमा संशोधन गर्नुपर्ने भएकोमा कारणसहित सूचना प्रकाशित भएको सात दिनभित्रमा पेस गर्न भनेको छ । संशोधनको लागि कुनै विवरण नआएको खण्डमा अहिले सार्वजनिक गरेको विवरण नै शिक्षक सेवा आयोगलाई पठाइने जनाएको छ । उक्त विवरण पछि संशोधन हुन नसक्ने केन्द्रका निर्देशक प्रेम भट्टराईले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
शिक्षक सेवा आयोगले विज्ञापनका लागि विवरण सङ्कलन गरेको थियो । उक्त विवरणमा केही संशोधन गर्नुपर्ने भएमा त्यसका लागि समय दिएर केन्द्रमा पठाएको हो । शिक्षक सेवा आयोगले सोही आधारमा शिक्षक पदपूर्तिका लागि विज्ञापन आह्वान गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलायत आएका एक विद्यार्थी तीन सातादेखि सम्पर्कविहीन
-
बलात्कारपछि हत्या गरिएकी प्रशिक्षार्थी डाक्टरका बुवाआमाले अझै पाएनन् मृत्यु दर्ता प्रतिलिपि
-
सिड्नीमा रुचाइयो काँडेतार, निर्माता खड्का सम्मानित
-
‘कर्णालीको अवस्था बदल्न सहयोग गर्नु सबैको दायित्व हो’
-
बागमती गोल्ड कप : थ्री स्टारलाई हराउँदै मच्छिन्द्र क्लब फाइनलमा
-
लेखकीय प्रतिबद्धता र स्वतन्त्रताका चुनौती