श्रीमती कुट्ने पत्रकार, गाली खाने कमेडियन !

काठमाडौँ । स्ट्यान्ड–अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ हिमेश पन्तको परिचय पछिल्लो समय राजनीतिक कार्यकर्ताको रुपमा समेत विस्तार भएको छ । गत निर्वाचनमा धादिङबाट प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार बनेका पन्तले यतिबेला कलाकारिता र राजनीतिक करियरलाई सँगसँगै अघि बढाउँदै आएका छन् ।
उनै पन्त हाल आफूसँग सरोकार नै नभएको लफडामा परेका छन् । सामाजिक सञ्जलामा ‘हिमेश’ नाम भएको व्यक्ति भिडियो भाइरल बनेपछि आफूलाई कतिपयले गाली गलौज समेत गरेको उनको भनाइ छ ।
उनले सामाजिक संजालमा लेखेका छन्, ‘हिमेश नाम गरेको एक पत्रकारले श्रीमती कुटेको भन्ने भिडियो क्लिप बाहिरिएको रहेछ । हिजोदेखि मेरो इनबक्समा गालीका म्यासेजहरु आइरहेका छन् । म स्पष्ट पार्न चाहन्छु कि, पहिलो कुरो मेरो बिहे नै भएको छैन ।’ उनले आफू कुनैपनि घरेलु हिंसालाई समर्थन नगर्ने समेत बताएका छन् ।
सार्वजनिक भिडियोमा पत्रकार हिमेश न्यौपानेकी श्रीमतीले आफूलाई श्रीमान हिमेशले हिंसा गरेको आरोप लगाएकी छन् । उक्त भिडियोमा उनले आफूमाथि चर्को हिंसा भएकाको सहायताका लागि हारगुहार गरेकी छन् । जुन भिडियोलाई लिएर कतिपयले आफूलाई गाली गरेको कमेडियन हिमेशको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुस युद्धविराम वार्ता भाँडेर थप नरसंहार मच्चाउन खोजिरहेको छ : जेलेन्स्की
-
पोर्चुगलमा वर्ल्ड नेवाः अर्गनाइजेशन डब्लुएनओ स्थापना
-
१२ बजे, १२ समाचार : नेविसंघको किचलोले स्ववियु चुनाव प्रभावितदेखि रातको समयमा फेरि लोडसेडिङ हुने खतरासम्म
-
स्ववियु सभापतिका लागि डोटी बहुमुखी क्याम्पसमा राणाको दावेदारी
-
नेपालमै पहिलोपटक पुराणवाचकको लाइसेन्सका लागि एक वर्षे प्रशिक्षण सुरु
-
त्रिवि केन्द्रीय क्याम्पस निर्वाचन समितिको होटलमा बसेको बैठकले कुनै निर्णय गर्न सकेन