आन्दोलनलाई शान्तिपूर्ण बनाउन इन्सेकको आह्वान
बुधबार, ०६ मङ्सिर २०८०, १३ : ४४

काठमाडौँ .। इन्सेकले मङ्सिर ७ गते अर्थात बिहीबार काठमाडौँमा हुने भनिएको प्रदर्शनका सम्बद्ध आयोजकहरूलाई संविधानप्रदत्त अधिकार अनुकूल शान्तिपूर्ण रूपमा आ–आफ्नो कार्यक्रम सम्पन्न गर्न आह्वान गरेको छ ।
इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले बुधबार विज्ञप्ति जारी गर्दै कार्यक्रमलाई शान्तिपूर्ण बनाउन सरोकारवालालाई आह्वान गरेका हुन्।
‘विगत लामो समयदेखि इन्सेकले गर्दै आएको मानव अधिकार अनुगमन कार्यलाई भोलि हुने प्रदर्शनका सन्दर्भमा पनि हामी निरन्तरता दिँदैछौँ । इन्सेकले प्रदर्शनको निष्पक्ष अनुगमन तथा अभिलेख गरी साथै मङ्सिर ७ गते साँझ नै प्रारम्भिक प्रतिवेदन प्रकाशन गर्नेछ’–विज्ञप्तिमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शारीरिकसरह मानसिक स्वास्थ्यका संरचना निर्माण गर्नू, लान्छना लगाउनेलाई दण्डित गर्नू : सर्वोच्च अदालत (पूर्णपाठ)
-
न्यायिक समितिको सशक्तिकरणमा सहयोग गर्ने मुख्यमन्त्री कँडेलकाे प्रतिबद्धता
-
सरकारले आन्दोलनरत शिक्षकरूलाई वार्तामा बोलायो
-
आइसिसी महिला विश्वकप एसिया छनोटका लागि नेपाली टोलीको घोषणा
-
१० वर्ष अघि भूकम्पमा मृत्यु भएकाको सम्झनामा दीप प्रज्वलन
-
प्रचण्ड के आधारमा सरकार ढल्ने अभिव्यक्ति बारम्बार दिन्छन् ?