मन्त्री चित्रकारद्वारा हेटौँडा सिमेन्ट उद्योगको अनुगमन
बुधबार, ०६ मङ्सिर २०८०, १३ : ३५

हेटौँडा । बागमती प्रदेशका उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले हेटौँडा सिमेन्ट उद्योगको अनुगमन गरेका छन् । मन्त्री चित्रकारले बुधवार आकस्मिक रूपमा उद्योगको अनुगमन गरेका हुन् ।
उनले कोइला अभावका कारण पटक पटक बन्द हुँदै आएको उक्त उद्योगको क्रसिङ, क्लिङ्कर, इन्जिनियरिङ र ल्याबको अनुगमन गरेका हुन् ।
उनले हेटौँडा सिमेन्ट उद्योग लिमिटेडका महाप्रबन्धक वसन्त पाण्डेसँग उद्योगको अवस्था र सञ्चालन गर्न सक्ने सम्भावनाका विषयमा चासो राखेका थिए। महाप्रबन्धक पाण्डेले हाल उद्योगको अवस्था र उत्पादन र बजारको अवस्था लगायतका विषयमा जानकारी गराएका थिए ।