इगुआना आक्रमण : थाइल्यान्डको घेरामा सरीसृप

बैंकक । थाइल्यान्डले ग्रामीण इलाकाहरूमा उपद्रव गर्ने, खेतहरूमा हमला गर्ने र स्थानीय वातावरणलाई हानि पुर्याउने एकसय ५० भन्दा बढी इगुआना (छेपारो) लाई पक्रिएको अधिकारीहरूले बताएका छन् । छेपारा थाइल्यान्डका मूल निवासी होइनन् । यी मूलरूपमा मध्य र दक्षिण अमेरिकाका हुन् । यद्यपि थाइल्यान्डमा यिनीहरू घरपालुवा जीवका रूपमा अत्यन्त लोकप्रिय छन् ।
घरपालुवा जीव मानिने शाकाहारी छेपारा घरबाट भागेका हुन् वा जानाजानी जङ्गलमा छोडिएको हो भन्दै यिनीहरूको गतिविधिमाथि वातावरणीय चिन्ता व्यक्त गरिएको छ । राष्ट्रिय निकुञ्ज, वन्यजन्तु तथा वनस्पति संरक्षण विभाग (डिएनपी) ले मङ्गलबार बैङ्ककबाट एकसय ६० किलोमिटर उत्तरमा रहेको पटाना निकोम जिल्लाको लोपबुरीमा एकसय ३४ इगुआना समातिएको बताएको छ । देशको उत्तरपूर्वमा रहेको उडोन थानीमा थप ६ वटा र अन्य स्थानबाट थप २३ वटा फेला परेका छन् ।
“धेरै इगुआना लोबुरी प्रान्तको जङ्गलमा बस्दै आएका छन् र कृषकहरूको कृषि उपजलाई नष्ट गरिरहेका छन्”, डिएनपीको एक विज्ञप्तिमा भनिएको छ, “तीव्ररूपमा बढिरहेको इगुआनाको सङ्ख्याले पर्यावरण र पारिस्थितिकीय प्रणालीलाई असर गरिरहेको छ, यसबाट स्थानीय बासिन्दालाई समस्या भइरहेको छ ।”
एक दशमलव पाँच मिटरभन्दा बढी लामो हुनसक्ने चिसो रगत भएका इगुआनालाई बैङ्कको उत्तरपूर्वी नाखोन नयोकस्थित वन्यजन्तु केन्द्रहरूमा राखिने छ । डिएनपीका अनुसार ६१ प्रान्तका करिब दुई सय ६० व्यक्तिले अधिकारीहरूलाई उनीहरूसँग तीन हजार छ सयभन्दा बढी इगुआना भएको जानकारी दिएका छन् ।
यसै साताको सुरुमा अधिकारीहरूले वातावरणीय सरोकारका कारण यस्ता जीवमाथिको आयातमा प्रतिबन्ध लगाएका छन् । अधिकारीहरूका अनुसार उल्लङ्घन गर्नेलाई अधिकतम १० वर्ष जेल र १० लाख भाटसम्म जरिवाना हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मङ्गलवारको प्रतिनिधिसभा बैठकमा प्रचण्डले सम्बोधन गर्ने
-
पूर्वराजा ज्ञानेन्द्रको सक्रियताबाट किन झस्कियो माओवादी ?
-
शिक्षकहरूले भोलिदेखि पार्टी कार्यालय घेराउ गर्ने
-
आर्मी क्लब र सुदूरपश्चिम प्रदेशको सजिलो जित, किरण ठगुन्नाको उत्कृष्ट शतक
-
कोटीहोम विवाद : पाँच सदस्यीय वार्ता टोली गठन गर्ने
-
अध्यक्ष दाहालले गरे ४ विधेयक प्रमाणित