चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि दरखास्त आह्वान

काठमाडौँ । चिकित्सा शिक्षा आयोगको निर्देशक दलका लागि दरखास्त आह्वान गरिएको छ । निर्देशक पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले सात दिने सूचना जारी गर्दै दरखास्त आह्वान गरेको हो ।
आयोगमा तीन वटा निर्देशनालय र एक बोर्ड रहने कानुनी व्यवस्था छ । उक्त निर्देशनालयको प्रमुखको रूपमा रहने निर्देशकका लागि दरखास्त आह्वान गरेको हो । आयोगमा चिकित्सा शिक्षा आयोगको मापदण्ड तथा प्रत्ययन निर्देशनालय, योजना, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालय, परीक्षा निर्देशनालय र नेशनल बोर्ड अफ मेडिकल स्पेसियालिटिज रहेका छन् ।
इच्छुक नेपाली नागरिकहरूले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा दरखास्त पेस गर्न सकिनेछ । त्यसका ति निर्देशनालय तथा बोर्डको कामसँग सम्बन्धित दक्षता भएको ब्यहोरा खुल्ने प्रमाण पेस गर्नुपर्नेछ । त्यस्तै राष्ट्रिय वा अन्तर्राष्ट्रिय स्तरका जर्नलमा प्रकाशित विषय क्षेत्रसँग सम्बन्धित बढीमा १० वटा खोज अनुसन्धानमूलक लेख, रचना तथा प्रकाशनहरूको वेबसाइट लिंक वा प्रकाशित प्रति, सम्बद्ध क्षेत्रसँग सम्बन्धित तालिम दिएको वा लिएको प्रमाणको प्रतिलिपि समेत पेस गर्नुपर्ने सिफारिस समितिले जनाएको छ ।
प्राध्यापक वा नेपाल सरकारको विशिष्ट श्रेणीको पदमा नियुक्त भएको नियुक्ति पत्र तथा सो पदमा सेवा गरेको वर्ष, महिना र दिन खुलेको विवरण तथा प्रमाण समेत पेस गर्नुपर्नेछ ।
आवेदकले चिकित्सा शिक्षा सम्बन्धी कुनैपनि शिक्षण संस्थाको सञ्चालक समितिमा नरहेको, लगानीकर्ता वा सेयरहोल्डर नभएइको, चिकित्सा शिक्षा आयोगसँग कुनै किसिमको स्वार्थको टकराब नभएको तथा स्वच्छ छवि भएको ब्यहोरा खुलेको स्वघोषणा गरेको हुनुपर्नेछ ।
चार वर्षे कार्यकाल रहने उक्त पदमा रहँदा गर्ने कार्यको व्यावसायिक कार्य योजना समेत पेस गर्नुपर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर
-
आईपीएलमा पञ्जावको अपराजित यात्रा कायमै, कप्तान अय्यरको लगातार दोस्रो अर्धशतक
-
ऊर्जा मन्त्रीको जुक्ति प्रभावकारी, मन्त्रालयको हटलाइनमा एक महिनामा १९ सय उजुरी
-
१२ बजे, १२ समाचार : संसदको अधिवेशन अन्त्यदेखि पत्रकार रजकको शरीरमा गोली लागेको भेटिएनसम्म
-
पत्रकार रजकको एक्स-रे सम्पन्न, गोली लागेको भेटिएन
-
लाज शरणम्’का बालकलाकार केसीकाे कुपोषणका कारण निधन