फ्रान्सको शत प्रतिशत नतिजामा ग्रिसको पूर्णविराम

एथेन्स । ग्रिससँग बराबरीमा रोकिएपछि युरो २०२४ छनोटमा शत प्रतिशत नतिजा निकाल्ने फ्रान्सको सपनामा तुहिएको छ । बुधबार राति भएको खेल २–२ को बराबरीमा सकिएको हो ।
पेरिस सेन्ट जर्मेनका फरवार्ड रान्डाल कोलोले पहिलो हाफको अन्त्यमा फ्रान्सलाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफको सुरुवातमा अनास्टासियोस बाकासेटासले २० यार्ड टाढाबाट भलीमार्फत गोल गर्दै खेल बराबरी गरे ।
५ मिनेटपछि फोटिस लोनिडिसले गोल गर्दै ग्रिसलाई अप्रत्याशित अग्रता दिलाए । खेल सकिन १६ मिनेट बाँकी छँदा योसुफ फोफानाले फ्रान्सका लागि बराबरी गोल फर्काएका थिए ।
फ्रान्सले यसअघिका सातवटा खेलमा एक मात्र गोल खाएको थियो । बराबरीपछि पनि फ्रान्स समूह बीको शीर्ष स्थानमा रहँदै युरोपियन च्याम्पियनसिपमा छनोट भएको छ ।
समूहकै अन्य खेलमा जिब्राल्टारलाई ६–० गोलले हराउँदै नेदरल्याण्ड्स समूहबाट दोस्रो हुँदै प्रतियोगितामा प्रवेश गरेको छ । १३ अङ्कसहित ग्रीस तेस्रो स्थानमा रह्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार वर्षपछि पोखरामा पिउने पानी पूरै शुद्ध बनाउन सकिन्छ
-
प्रिमियरमा ‘फेरि रेशम फिलिली’ : कसले के भने ?
-
महाशिवरात्रि : जीवनको सर्वोत्तम व्रत
-
पैसा तिरेर पानीसँगै रोग किनिरहेका छौँ
-
सूर्यविनायकमा पूजा गर्दै ‘माग्ने राजा’ को छायाङ्कन सुरु
-
नेतन्याहूले दक्षिणी सिरियालाई सैन्यमुक्त गर्ने सुझाव दिएपछि विरोध प्रदर्शन