बुधबार, १० पुस २०८१
ताजा लोकप्रिय
कृषि

दश लाख हेक्टरभन्दा बढी खेतीयोग्य जमिन बाँझै

कसरी भयो बाँझो ?
बुधबार, ०६ मङ्सिर २०८०, ०७ : १२
बुधबार, ०६ मङ्सिर २०८०

काठमाडौँ । नेपालमा खेतीयोग्य जमीनमध्ये करिब १० लाख ३० हजार हेक्टर क्षेत्रफल बाँझो छ ।सरकारी तथ्यांक अनुसार नेपालको कुल खेतीयोग्य जग्गा ४१ लाख २१ हजार हेक्टरमध्ये हाल ३० लाख ९१ हजार हेक्टर क्षेत्रफलमा मात्रै खेती गरिन्छ ।खेतीयोग्यभूमिमध्ये १० लाख ३० हेक्टर जमिन अझै बाँझो छ ।

कसरी भयो बाँझो ?
कृषि क्षेत्रमा लगानीअनुसार फाइदा नहुने देखिएपछि कृषि पेसाबाट पलायन हुने अवस्था बढ्दै गएको पाइएको छ । कृषिमा श्रम गर्ने युवा शक्तिको पलायन, न्यून उत्पादकत्व, कृषि उत्पादन सामग्रीको कमी, कम नाफामुखी व्यवसाय र अपेक्षित रुपमा सम्मानित पेसाका रुपमा विकसित हुन नसक्नु लगायतका कारण खेतीयोग्य जमिन बाँझो रहेको वरिष्ठ कृषि अर्थ विज्ञ डा। महादेव प्रसाद पौडेलले बताए ।

‘घाटाको व्यापार कस्ले गर्छ, नेपालमा कृषि क्षेत्र नाफामुखी छैन,’ उनले भने, ‘लागत अनुसार आम्दानी हुँदैन, यसले गर्दा खेतीपातीमा आकर्षण घट्दो छ र खेती बाँझो भएको हो ।’

नेपालमा निर्वाहमुखी खेती गर्न छोड्ने र आधुनिक खेतीको पहुँच हुन नसक्दा खेत बाँझो भएको रैथाने एग्री प्रोडक्टस् नेपालका अध्यक्ष तथा कृषि अभियन्ता तिलक ढकालले बताए । उनले भने, ‘गाउँघरमा पशुचौपाया पाल्न छोडियो, ट्याक्टर पुगेको छैन, यसले गर्दा पनि खेत बाँझो भएको छ ।’

देशभर व्यवसायिक भन्दा निर्वाहमुखी खेती भइरेको छ । यहाँको उत्पादनले भारतको उत्पादनसँग प्रतिस्पार्ध गर्न नसकेर बजार पाउन समस्या हुन्छ । यसले गर्दा किसानहरु निउत्साहित हुन्छन् । ‘भारतबाट आउने उपजसँग स्वदेशी कृषि उपज प्रतिस्प्रर्धा गर्न सक्दैन,’ उनले भने, ‘कतिपय स्थानमा जंगली जनवारले खेतीपाती बारम्बार नष्ट गर्दा खेती गर्नै छोडेका छन् । ’

उनका अनुसार तराई क्षेत्रको तुलनामा पहाडी क्षेत्रमा बढी जग्गा बाँझो छ । यसो हुनुमा पहाडी क्षेत्रमा तराई भन्दा कम कृषि क्षेत्रमा अवसर हुनु हो । यस्तै, गाउँ छाडेर सहरमा बस्ने प्रवृत्ति बढ्दै गएको कारणले पनि गाउँघरका जमिन बाँझो हुने अवस्थामा पुगेको छ ।

नेपालमा निर्वाहमुखी खेती गर्न छोड्ने र आधुनिक खेतीको पहुँच हुन नसक्दा खेत बाँझो भएको रैथाने एग्री प्रोडक्टस् नेपालका अध्यक्ष तथा कृषि अभियन्ता तिलक ढकालले बताए । उनले भने, ‘गाउँघरमा पशुचौपाया पाल्न छोडियो, ट्याक्टर पुगेको छैन, यसले गर्दा पनि खेत बाँझो भएको छ ।’

पहाडी र हिमाली क्षेत्रमा खेती गर्नेको संख्या घट्दै गएको छ । कृषिमा जङ्गली जनावरबाट हुने क्षति बढ्दो छ । ढकालका अनुसार पहिला धेरै खेती हुने भएकाले जंगली जनावरको क्षति बाँडिएर खासै बाली नोक्सान हुँदैन थियो । तर पछिल्लो समय खेती थोरै हुने भएकाले जनावरबाट हुने क्षति बढी देखिएको उनको भनाइ छ ।

गाउँ छाडेर सहरमा बस्ने प्रवृत्ति बढ्दै गएको छ । गाउँमा अवसर नभएको भन्दै जनशक्ति सहर केन्द्रित भएकाले गाउँघरका जमिन बाँझो हुने अवस्थामा पुगेको छ ।

नेपालमा खेतीयोग्य जग्गा खण्डीकृत भएकाले व्यावसायिक रुपमा खेती गर्न नसकिएकाले खेत बाँझो भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव भोजराज सापकोटाले बताए । यसका साथै बाह्रै महिना सिँचाइ सुविधा पुग्ने ३५ प्रतिशत पनि जमिन नभएको, टेक्नोलोजीको सहयोग पु¥याउन कठिन, बिउबिजनको सुविधामा समस्या लगायतका कारण पनि जमिन बाँझो रहने गरेको उनको भनाइ छ ।

उनले उदाहरण दिँदै भने, ‘म आफैँ रुपन्देहीमा केराको उत्पादन गर्दै थिएँ, उत्पादन लागत ३५ देखि ३८ रुपैयाँ प्रतिदर्जन थियो । एकदेखि दुई वर्ष यान्त्रीकरण, सिँचाइ, अन्य प्रविधि, लगायतमा गरेर उत्पादन लागत प्रतिदर्जन २४ रुपैयाँमा ल्यायौँ तर त्यही वर्ष १२ रुपैयाँ दर्जनमा भारतीय केरा आयो ।’ कृषि क्षेत्रमा आकर्षण घट्नुको यस्ता कयौँ कारण रहेको उनले बताए ।

कृषि क्षेत्रमा स्थानीय तहदेखि विभिन्न क्षेत्रसँगको सहकार्य तथा समन्वय फितलो भएको उनको भनाइ छ ।

बाँझो खेत कसरी सदुपयोग गर्ने ?

गाउँ छाडेर सहरमा बस्ने प्रवृत्ति बढ्दै गएको छ । गाउँमा अवसर नभएको भन्दै जनशक्ति सहर केन्द्रित भएकाले गाउँघरका जमिन बाँझो हुने अवस्थामा पुगेको छ । गाउँघरमै कृषिबाहेक अन्य क्षेत्रबाट पनि आम्दानी हुने वातावरण मिलाएर गाउँमै जनशक्ति रोक्न सके बाँझो जमिनको सदुपयोग हुने वरिष्ठ कृषि अर्थ विज्ञ डा. पौडेलले सुझाए ।

उत्पादनमूलक भूमि भए पनि कतिपय क्षेत्रमा सिँचाइको पहुँच नभएर जमिन बाँझो छन्, त्यस्ता भूमिमा सिँचाइ सुविधा पुर्याउन आवश्यक रहेको उनले बताए । ‘किसानलाई उत्पादनका लागि आवश्यक पर्ने बिउबिजन, मल लगायत वस्तु सहज उपलब्ध गराउनु पर्छ,’ उनले भने, ‘उत्पादन मात्रै नभइ बजारीकरणको व्यवस्था पनि गर्नुपर्छ ।’

मुलुकमा कुन क्षेत्रमा कस्तो प्रकारको कृषि उत्पादन हुन्छ, त्यसको अभिलेखीकरण गर्न जरुरी रहेको कृषि अभियन्ता ढकालले बताए । ‘विदेशबाट ल्याएका बिउ, यहाँका हावापानी सुहाउँदो नहुन सक्ला,’ उनले भने, ‘बाँझो खेतमा खेती विस्तारका लागि हावापानी सुहाउँदो बिउको प्रवर्द्धन गर्नुप¥यो ।’

पालिकास्तरमा कृषि बजारको प्रवर्द्धन, व्यवस्थापन, प्रविधिको सुधार र रैथाने ब्रान्डिङ गरेमा ती खेतलाई सदुयोग गर्न सकिने कृषि अभियन्ता ढकालको भनाइ छ ।

बाँझो खेतको दीर्घकालीन सदुपयोगका लागि भूमिको संरचनागत समस्यालाई फुकाउँदै, यान्त्रीकरण, नयाँ टेक्नोलोजी प्रणाली बलियो बनाउनु पर्ने मन्त्रालयका सहसचिव सापकोटाले बताए । ‘कृषि क्षेत्रमा भएका अनुसन्धान तथा टेक्नोलोजीहरु किसानसम्म पु¥याउन जरुरी छ,’ उनले भने, ‘जसका लागि उच्चस्तरदेखि स्थानीय तहसम्मको समन्वय हुनुपर्छ ।’

सरकारी पहल

कृषि जमिनलाई उपयोग गर्नका लागि सरकारी तवरबाट विभिन्न पहल भएका छन् । कृषि भूमिलाई बाँझो राख्ने प्रवृत्ति र उर्वर जग्गाको गैर कृषि प्रयोगलाई निरुत्साहित गरिने, मनासिव कारण बेगर ३ (तीन) वर्षसम्म कृषि क्षेत्रमा पर्ने जग्गा वा अन्य प्रयोजनका लागि निर्णय गराइ उपयोगमा नल्याइएको बाँझो कृषियोग्य जग्गालाई कानुन बमोजिम राज्यले प्राप्त गरी तोकिएको सार्वजनिक हितको कार्यमा लगाउन सकिने लगायत विषयलाई समावेश गरी कृषि भू–उपयोग ऐन र नियमावली ल्याइएको छ ।

यस्तै, खेतीयोग्य बाँझो जग्गा उपयोग गर्ने सम्बन्धी कार्यविधि छ । भूमि बैंक अवधारणा लगायत पहल भएका छन् ।

कुन क्षेत्रमा कति भूमि ?

भूमि उपयोगका हिसाबले नेपालमा हाल कुल भूभागको करिब २७ प्रतिशत खेतीयोग्य, ३९ दशमलव ६ प्रतिशत वन क्षेत्र, १२ प्रतिशत चरन क्षेत्र, १७ दशमलव २ प्रतिशत हिउँ तथा चट्टान क्षेत्र तथा २ दशमलव ६ प्रतिशत जलक्षेत्र छ । यी विभिन्न क्षेत्रको उचित व्यवस्थापनका लागि उपयुक्त नीतिको अभाव देखिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरिता थारू
सरिता थारू

सरिता थारूले कृषि र समसामयिक विषयमा रिपोर्टिङ गर्छिन् ।

लेखकबाट थप