शनिबार, १५ मङ्सिर २०८१
ताजा लोकप्रिय

जिल्ला प्रहरी कार्यालय महोत्तरीको हिरासतमा पुस्तकालय स्थापना

मङ्गलबार, ०५ मङ्सिर २०८०, २० : ४५
मङ्गलबार, ०५ मङ्सिर २०८०

जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय महोत्तरीको हिरासतमा पुस्तकालय स्थापना गरिएको छ । थुनुवाहरुको आचरण, व्यवहार र सोचमा परिवर्तन ल्याउने उद्देश्यले मंगलबार हिरासतमा पुस्तकालय संचालनमा ल्याइएको हो ।

पुस्तकालयको मंगलबार मधेस प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक जनक भट्टराईले उद्घाटन गरेका छन् ।  साउन २९ गते मधेस प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय महोत्तरीको भएको सम्झौता अनुसार हिरासतमा पुस्तकालय स्थापना गरिएको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी दिलीपकुमार गिरीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप