ठूलो पर्दामा पिता शाहरुखसँगै डेब्यू गर्दै सुहाना

नयाँ दिल्ली । २०२३ बलिउडका किंग शाहरुख खानका लागि निकै फलिफापको वर्ष रह्यो । उनको पठान र जवान दुवै फिल्म बक्स अफिसमा ब्लकबष्टर बने । अहिले उनी राजकुमार हिरानीसँग डंकीको तयारीमा जुटेका छन् । डंकी चर्चामै रहिरहँदा शाहरुखको आगामी फिल्मबारे चर्चा हुन लागेको छ ।
बलिउड हंगामाका अनुसार शाहरुखको अर्को भेञ्चर सुजोए घोषले निर्देशन गर्नेछन् । यो फिल्ममा शाहरुखको साथमा अरु कोही नभएर उनकै छोरी सुहाना खानको पनि अभिनय रहनेछ । स्रोतहरुका अनुसार यो फिल्म भव्य एक्शन थ्रिलर हुनेछ ।
फिल्मको सुटिङ सन् २०२४ को नोभेम्बरमा शुरु हुँदैछ । अर्को वर्षको मार्चमा शुटिङ सम्पन्न हुने अपेक्षा गरिएको छ । फिल्मको शुटिङ भारत र विदेश दुबैतिर जोरसोरका साथ हुने बताइएको छ । फिल्मको नाम अहिलेसम्म फाइनल भइसकेको छैन । सुजोए घोषको यो महत्वकांक्षी फिल्म ठूलो पर्दामा सुहानाको डेब्यू हुनेछ ।
सुहानाले नेटफ्लिक्सको फिल्म द आर्चिजबाट एक्टिङ डेब्यु गरेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माल्टामा नेपालको पर्यटन प्रवर्द्धन गर्ने पहल, ‘नेपाल डे’ मनाइँदै
-
पतिबाट बच्चा नहुने भएपछि जेठाजुसँग शारीरिक सम्बन्ध राख्न दबाब
-
टिकापुर बहुमुखी क्याम्पसमा नेविसंघका साउँद अध्यक्षमा विजयी
-
तीनकुने घटना : थप तीन जना प्रहरी नियन्त्रणमा
-
मुम्बई आक्रमणका अभियुक्त तहव्वुर राणाको सुपुर्दगी सफल : एनआईए
-
नयाँ वर्षमा सुनराको स्कुटर किन्दा ६० हजारसम्म छुट