ललितपुरबाट अनलाइन जुवा खेलाउने ६ जना पक्राउ
![ललितपुरबाट अनलाइन जुवा खेलाउने ६ जना पक्राउ](https://npcdn.ratopati.com/media/news/og_61F8VFR6az.jpg)
ललितपुर । अनलाइन जुवा र क्यासिनो खेलाएको आरोपमा नेपाल प्रहरीले ललितपुरबाट ६ जनालाई पक्राउ परेको छ । अनलाइनमा जुवा र क्यासिनो खेलमा बाजी राख्दा जितिन्छ भन्ने विश्वास दिलाई सट्टाबाजी गराएर खेलाउने गरेको आरोपमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा ललितपुरको निवासी अंकित श्रेष्ठ, आमोश राई, निका राई, विजय थापा, पर्वत पुन र डेकर राई रहेका छन् । उनीहरूले मेगन गेल, किरी रकजस्ता फेसबुक अकाउन्टहरुबाट र ह्वाट्सएप र टेलिग्राममार्फत विभिन्न अनलाइन ग्याम्ब्लिङ प्ल्याटफर्मको प्रयोग गरी अनलाइन क्यासिनो खेलहरू खेलाउने गरेको प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए ।
उनीहरूको साथबाट विभिन्न कम्पनीको ल्यापटप ६ थान, राउटर २ थान, कम्प्युटर ३ थान, मनिटर २ थान, सीपीयू १ थान र विभिन्न कम्पनीको मोबाइल १४ थान बरामद गरेको छ । उनीहरूलाई पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इसेवाको पैसा एनआईसी एशिया बैंकको एटीएमबाट निकाल्न मिल्ने, यस्तो छ प्रक्रिया
-
इसेवा वालेटमा रहेको पैसा एनआईसी एशिया बैंकको एटीएमबाट निकाल्न मिल्ने
-
१९ वटा वाणिज्य बैंकले बोलाए साधारणसभा, ११ बैंकको लाभांश घोषणा
-
सनम तेरी कसम–२ बनाउने तयारी
-
दक्षिण कोरियामा शिक्षिकाद्वारा ८ वर्षीया बालिकाको हत्या
-
खेतबारीमा आएका बाँदर र बँदेल लखेट्दा मरेको खण्डमा कानुनी कारबाही हुन्छ ?