न्यायाधीश नियुक्ति
माओवादी ‘कोटा’ खाली राखेर सर्वोच्चमा ६ न्यायाधीश नियुक्तिको सिफारिस
मङ्गलबार, ०५ मङ्सिर २०८०, १६ : ४०

काठमाडौँ । न्याय परिषद्ले सर्वोच्च अदालतमा ६ जना न्यायाधीश राजनीतिक भागबण्डाका आधारमा नियुक्ति गर्न सिफारिस गरेको छ । मंगलबार बसेको परिषद् बैठकले ६ जना न्यायाधीशलाई नियुक्तिका लागि सिफारिस गरेको हो ।
सिफारिस हुनेमा उच्च अदालतबाट शारङ्गा सुवेदी, टेकप्रसाद ढुङ्गाना, महेश शर्मा पौडेल, अब्दुल अजिज मुसलमान रहेका छन् । त्यसैगरी कानुन व्यवसायीबाट सुनिल पाेखरेल (काँग्रेस काेटा) र बालकृष्ण ढकाल (एमाले काेटा) सिफारिस भएका छन् । माओवादी कोटाबाट डीएन पराजुली र दिनमणि पोखरेलमा सहमति नजुट्दा एक सिट खाली राखिएको बुझिएको छ ।
उनीहरूको नाम संसदीय सुनुवाइ समितिमा अनुमोदनका लागि पठाइने छ । समितिले अनुमोदन गरेपछि नियुक्ति हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैंकमा श्रम ऐन नलाग्ने फैसला : नवीकरण हुन छाडे ट्रेड युनियन
-
श्रमिकको न्यूनतम तलब ३५ हजार हुनुपर्ने निष्कर्ष
-
आईसीसी च्याम्पियन्स ट्रफी : न्युजिल्याण्डद्वारा भारतसामु २ सय ५२ रनको लक्ष्य प्रस्तुत
-
एनएमबी बैंकको सीईओमा गोविन्द घिमिरे नियुक्त, सुदेश उपाध्याय सिनियर डीसीईओमा बढुवा
-
गणतन्त्र कि राजसंस्था : नेपाली जनताको राजनीतिक संघर्ष र चाहना
-
च्यासल युथ क्लब र वीरगन्ज युनाइटेडले बाडे अंक