अरिजित सिंहको कन्सर्टका लागि भव्य तयारी, तस्बिरहरू
![अरिजित सिंहको कन्सर्टका लागि भव्य तयारी, तस्बिरहरू](https://npcdn.ratopati.com/media/news/aj_YAUPy62hkN.jpg)
काठमाडौँ । भारतीय चर्चित गायक अरिजित सिंहको सांगितिक कार्यक्रमका लागि नेपाल आउँदैछन् । यही मङ्सिर ९ गते शनिबार उनको लाइभ कन्सर्ट चाबहिलस्थित हायात ग्राउन्ड आयोजना गरिएको छ । ग्यारेज इन्टरटेनमेन्ट र एमएन प्रोडक्सनले संयुक्त रूपमा आयोजना गर्न लागेको कन्सर्टको तयारीका यतिबेला जोडतोडले चलिरहेको छ ।
गत बिहीबारबाट आयोजकले कन्सर्टका लागि हायात ग्राउन्ड स्टेजदेखि लाइटिङसम्मको व्यवस्थापन काम गरिरहेको छ । अहिलेसम्म लगभग ६५ प्रतिशत तयारी सकिएको र कार्यक्रमको भव्य तयारी गर्ने आयोजकले जनाएको छ ।
‘अरिजित सिंह लाइभ इन नेपाल’ नाम दिइएको कन्सर्टमा अरिजीतले ४-५ घन्टा आफ्नो चर्चित गीतसंगीतबाट दर्शक नचाउनेछन् । भारतमा पार्श्व गायकमा रुचाइएका अरिजितका नेपालमा समेत थुप्रै फ्यान छन् । उनका ‘तुम हि हो’, ‘केसरिया तेरा’, ‘खैरियत’, ‘अपना बना ले’ लगायत थुप्रै गीत चर्चित छन् । आयोजक ग्यारेज इन्टरटेनमेन्टले सन् २०१९देखि अरिजितलाई नेपाल ल्याउने प्रयास गरे पनि अहिले सफल भएको हो ।
कार्यक्रमले नेपालको मनोरञ्जन क्षेत्रका साथै पर्यटन क्षेत्रमा समेत टेवा पुर्याउने विश्वास आयोजकको छ । कन्सर्टमा १० हजार दर्शक उपस्थित हुने अपेक्षा गरिएको छ । कन्सर्टका लागि अरिजित शुक्रबार नेपाल आउने कार्यक्रम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरीजङ्घामा हुने हाफ म्याराथन र चौरी प्रदर्शनको पुरस्कार घोषणा
-
माटोका सामाग्री बनाएर प्रेमिल जोडीहरूले देखाए माया, तस्बिरहरु
-
प्रहरी कुट्ने अनेरास्ववियुका नेता जोशीलाई ८ दिनको म्याद थप
-
मन्त्री खड्कासँग भारतीय राजदूतको शिष्टाचार भेट
-
‘स्थानीयको गुनासोका आधारमा कवाडी संकलन र भण्डारणमा रोक लगायौँ’
-
निजामती सेवाको खुलातर्फ भित्रबाट प्रतिस्पर्धा गर्न नपाइने व्यवस्था गरौँ : महामन्त्री थापा