सिटीविरुद्ध मुद्दा हाल्दै पूर्वखेलाडी मेन्डी

लण्डन । अनधिकृत रूपमा आफ्नो तलब घटाएको भन्दै बेन्जामिन मेन्डीले आफ्नो पुरानो क्लबविरुद्ध लाखौँ पाउन्ड बराबरको क्षतिपूर्ति माग गर्दै मुद्दा हाल्ने भएका छन् । यो सिजन करार समाप्त भएपछि २९ वर्षीय फ्रान्सेली डिफेन्डर मेन्डीले क्लब छाडेका थिए ।
यसअघि उनीमाथि बलात्कार र बलात्कारको प्रयासको आरोप लागे पनि उनी निर्दोष रहेको पाइएको थियो । आरोप लागेर हिरासतमा लिएपछि सन् २०२१ सेप्टेम्बरदेखि सिटीले मेन्डीलाई रकम दिन बन्द गरेको बताइएको छ ।
उनलाई ५ महिना हिरासतमा राखेर सन् २०२२ को जनवरीमा धरौटीमा रिहा गरिएको थियो । गत जनवरीमा अदालतले उनी निर्दोष रहेको ठहर गरेको थियो ।
बेलायतका खेलसम्बन्धी वकिल निक डी मारर्कोले मेन्डीको मुद्दा लड्ने एक विज्ञप्तिमार्फत जानकारी दिइएको छ । सो मुद्दा लाखौँ पाउन्ड बराबर हुने र सन् २०२४ मा यसको सुनुवाइ सुरु हुने अपेक्षा गरिएको छ ।
मेन्डी सन् २०१७ मा मोनाकोबाट ५.२ करोड पाउन्ड सिटीसँग आबद्ध भएका थिए । उनले सन् २०१८, २०१९ र २०२१ मा क्लबसँग लिग उपाधि जितेका थिए । उनले पछिल्लोपटक सन् २०२१ को अगस्त १५ मा क्लबका लागि अन्तिम खेल खेलेका थिए । सिटी छाडेपछि छाडेपछि उनी लिग वान क्लब लरेन्टसँग आबद्ध भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरबूजा खेती गरेरै चल्छ दुई सय परिवारको जीवन
-
लिभरपुललाई प्रिमियर लिगको २० औं उपाधि, एन्फिल्डमा मनायो उत्सव
-
दिल्लीलाई हराउँदै बैंग्लुरु आईपीएलको शीर्ष स्थानमा
-
जेठभित्र सिंहदरबारमा मेलम्चीको खानेपानी जोडिँदै
-
पहलगाम आक्रमणपछि नेपाल-भारत सीमा क्षेत्रमा कडा निगरानी
-
१२ बजे, १२ समाचार : हिंसात्मक बन्यो शिक्षक आन्दोलनदेखि .गगन थापाविरुद्ध अवहेलना मुद्दा दर्तासम्म