राज्य सत्ता आधुनिक राजनीतिक लुटेराबाट सञ्चालन भइरहेको छ : सांसद शर्मा
मङ्गलबार, ०५ मङ्सिर २०८०, १५ : ५६

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले राज्य सत्ता आधुनिक राजनीतिक लुटेराबाट सञ्चालन भइरहेको आरोप लगाएका छन् ।
मंगलबार विदेश भ्रमण गरी स्वदेश फर्किएका सांसद शर्माले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो बताएका हुन् । उनले केही सम्रान्त परिवार र पार्टीका केही व्यक्तिहरुले मात्रै राज्य संयन्त्रको दोहन गरिरहेको बताए । उनले दूरदराजमा भएका भुईँ मान्छेहरुका आवाज, गरिवका आवाज उठाउन नदिएको बताए । उनले चाडपर्वका बेलामा चिनी अभाव गराइ रातारात कालोबजारीमा परिणत गर्ने काम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको परिवारका सदस्यहरुले गरेको आरोप लगाए ।
सांसद शर्माले देशमा लोकतन्त्रको विकल्प नभएको तर नियन्त्रित डेमोक्रेसीको रुपमा नेपालमा प्रणालीलाई विकसित गरिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणी किनारमा चैत्र ३१ गते साङ्गीतिक कन्सर्ट हुने
-
१० बजे १० समाचार : फरार दुर्गाको सन्देशदेखि नेपालको रेकर्डसम्म
-
राष्ट्रिय व्यावसायिक तथा प्रशिक्षण प्रतिष्ठान र नेपाल हस्तकला महासङ्घबीच समझदारी पत्रमा हस्ताक्षर
-
साई सुदर्शनको रन वर्षा जारी, राजस्थानसामु जितका लागि २ सय १८ रनको लक्ष्य
-
शिक्षकका माग अविलम्ब पूरा गर्नुपर्छ : पूर्वप्रधानमन्त्री खनाल
-
नेपालको जीतमा बन्यो यस्तो रेकर्ड