सेती प्रादेशिक अस्पताल परिसरका होटेलमा भेटियो बासी खाना

धनगढी । सेती प्रादेशिक अस्पताल धनगढी आसपासका होटलहरुमा बासी तथा अखाद्य खानेकुरा पाइएको छ ।
अस्पतालमा आउने बिरामीलाई तथा कुरुवालाई लक्षित गरी सञ्चालनमा ल्याइएका ती होटलहरुमा बासी एवं फोहरी खानेकुरा दिइएको भेटिएको हो ।
धनगढी उपमहानगरपालिकाको बजार अनुगमन तथा उपभोक्ता हित संरक्षण समितिले सेती प्रादेशिक अस्पताल परिसरमा रहेका तीन होटेलमा अनुगमन गरेको थियो । अनुगमनको क्रममा अस्पताल परिसरमा रहेको चमेना गृहसहित थप दुई होटेलबाट बासी र अखाद्य खाना बरामद गरी नष्ट गरिएको छ ।
सेती अस्पताल परिसरमा रहेको खाना तथा नास्ता पसल, भूमिराज होटेल र डडेल्धुरा होटेलमा अखाद्य बस्तु बरामद गरेको बजार अनुगमन समितिका संयोजक टेकराज भट्टले जानकारी दिए ।
अस्पताल परिसरको चमेना गृह अर्थात् खाना तथा नास्ता पसलबाट बिग्रिएको मःम ४०, मुसाले खाएको चाउचाउ तीन प्याकेट, बासी समोसा तीन वटा र रङ्ग प्रयोग गरेको कुखुराको मासु तीन केजी बरामद गरिएको बजार अनुगमन समितिका संयोजक भट्टले बताए ।
चमेना गृह अर्थात् खाना तथा नास्ता पसलमा सात दिनभित्र भान्सा र भाडा धुने ठाउँ अलग–अलग बनाउन र माछा, मासु तथा तरकारी भण्डारण गर्ने फ्रिज/डिप फ्रिज छुट्टा–छुट्टै व्यवस्थापन गर्न निर्देशन दिइएको छ ।
भूमिराज होटलबाट बासी समोसा ११ वटा, २ थाली बासी भात, कुखुराको बासी मासु ५०० ग्राम, बासी रोस्ट ५०० ग्राम बरामद गरेको भट्टले बताए । डडेलधुरा होटेलबाट रङ्ग प्रयोग गरेको चाउमिन ५०० ग्राम, बासी समोसा २० वटा र सेमी ५०० ग्राम बरामद गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पिकअप भ्यान पल्टिंदा दुई जनाको मृत्यु, २२ जना घाइते
-
चीनमाथि थप ५० प्रतिशत अतिरिक्त भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
निर्माणाधीन एसियाली राजमार्गले निम्त्याएको प्रदूषण नियन्त्रण गर्न स्थानीयको माग
-
सञ्चारकर्मी तथा गीतकार राधिकाको ‘फूल फूल्यो फक्रियो’ सार्वजनिक
-
आईपीएलमा मुम्बई इन्डियन्सको चौथो हार, बैंग्लुरु तेस्रो स्थानमा यथावत
-
डढेलोले सखाप हुँदै जङ्गल